पेरिस सेन्ट जर्मन रेनेसबिरुद्दको खेलमा पराजित, चलेनन मेस्सी, नेय्मार, एम्बाप्पे !

हाम्रो नेपाल स्पोर्ट्स. काठमाडौं| लिग वानमा पेरिस सेन्ट जर्मेनले  रेन्नेस बिरुद्ध नमिठो हार बेहोरेको छ।

रेन्नेसको घरेलु मैदानमा भएको खेलमा पेरिस सबै पक्षमा पछि पर्दा २-० को हार बेहोरेको थियो।

१३ सट प्रहार गरेको पेरीसले आश्चर्यजनक रुपमा एकै सट पनि अन टार्गेट प्रहार गर्न सकेन।

आफ्नो पहिलो रोजाइका अग्रपंक्तिका खेलाडी मेस्सी, नेमार र एमबाप्पे उतारेको पेरिसको यो लिगमा पहिलो हार रहेको छ।

केहि राम्रा मौका सिर्जना  गरेको पेरिसका लागि नेमारले २२औं मिनेटमा पाएको भलिलाई पोस्ट बाहिर प्रहार गरेका थिए।

त्यसै गरि खेलको पहिलो हाफको २५ औं मिनेटमा एम्बाप्पे ले पाएको सुनौलो अवसर लाई उपयोग गर्न नसक्दा पेरिस अग्रता लिन बाट वञ्चित गरेको थियो।

डी एरिया बाहिरबाट आएको थ्रु बललाई एमबाप्पेले किपर लाई मात्र बिट गराउनु पर्ने स्थितिमा पोस्ट भन्दा निकै माथि प्रहार गरेका थिए।

घरेलु दर्शकमाझ रेन्नेसले भने सन्तोषजनक खेल खेल्दै जित आफ्नो पक्षमा पारेको थियो।

रेन्नेसले पहिलो हाफको ४५ मिनेटमा गेतान लबोर्टेले गोल गर्दै अग्रता दिलाएका थिए।

डी बक्स बाहिरबाट आएको क्रसलाई सही दिशा दिँदै गेतानले रेन्नेसलाई अग्रता दिलाएका थिए।

दोश्रो हाफको सुरूवातमै पेरिसका डिफेन्डर एकग्रता भड्किदा रेन्नेसले अर्को गोल थप्न सफल भयो।

दोश्रो गोल फबियन टेटले ४६ औ मिनेटमा गरेका थिए।

हार बेहोरेता पनि पेरिस तालिकाको पहिलो स्थानमा यथावत रहेको छ भने दोस्रो स्थानको रेन्नेसबाट ६ अंक अघि रहेको छ।

 

 

Leave a Reply

Next Post

रियल मड्रिडले भोग्यो सिजनको पहिलो हार, पहिलो स्थान यथावत !

Sun Oct 3 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आइतबार बेलुकी भएको खेलमा लालिगा अन्तर्गत, इस्पानियलले रियल मड्रिडलाइ २-१ को गोलान्तरले पराजित गरेको छ। १७ औ मिनेटमा अग्रता लिएको घरेलु टोलि एस्पानियलका लागि राउल डि टोमसले गोल गरेका थिए भने एसिस्ट चाहि एड्रियन एम्बर्बाले दिएका थिए। खेलको सुरुवाती समयमै गोल गरेपछि दबाब बनाउन सफल भएको […]
Real Madrid faces the first defeat of the season
%d bloggers like this: