अर्जेन्टिनी स्टार लियोनल मेस्सी र उनको क्लब पेरिस सेन्ट-जर्मेन बिचको भविष्यलाई लिएर थुप्रै अड्कल बाजी लाउन सुरु गरीएको छ।
यसै सिजन सनसनी ट्रान्सफरमा बार्सिलोनाबाट पेरिस भित्रिएका लियोनल मेस्सीले, क्लबमा आफ्नो नाम अनुसारको कमाल भने देखाउन सकिरहेका छैनन्।
उनको आगमनसँगै क्लबले विगत डेढ दशकदेखि निरन्तर शिर्ष चुनौतीका रुपमा राखेको युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्ने बल्ल पुरा हुने हो कि भन्ने अड्कल थियो।
पेरिसमा उनीसँगै ब्राजिलियन स्टार नेमार, एम्बाप्पे, डी मारिया जस्ता प्रतिभाशाली खेलाडीहरूको समूहले युरोपमा आगो बाल्ने अपेक्षा गरिएको थियो।
तर अपेक्षा भन्दा ठीक विपरीत नतिजा पस्किदै पेरिस सेन्ट जर्मन युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको त छ नै मेस्सीले विगत डेढ दशक यताकै सबैभन्दा खराब लय समातेका छन्।
सिजनको लगभग अन्त्यतिर आइपुग्दा मेस्सीले घरेलु लिगमा केबल दुई गोल मात्र गर्न सकेका छन् भने युरोपेली च्याम्पियन्स लिगमा ५ पटक जाली चुमाएका छन्।
सबैभन्दा बढी सहायता गरे तापनि लियोनल मेस्सी आफ्नो गोल गर्ने क्षमताका कारण सुप्रसिद्ध छन्।
यसैसाता विश्वकप पश्चात आफ्नो भविष्यको बारेमा पुनर्विचार गर्ने योजना बनाएको भन्ने अभिव्यक्ति दिएका लिओनल मेस्सी र पेरिस बीचको सम्बन्ध अहिले आएर यतिमै टुंगिने हो कि भन्ने सुरु भएको छ।
जसको फल स्वरूप पेरिस सेन्ट जर्मेन सिजनको अन्त्यमा फरवार्ड लियोनल मेस्सीका लागि प्रस्ताव सुन्न तयार रहेको बताईएको छ।
यो दाबी फ्रान्सेली पत्रकार अब्देल्लाह बौल्माले मंगलबार आफ्नो ट्वीटर ह्यान्डल मार्फत पोष्ट गर्दै गरेका हुन् ।
बोल्माले पीएसजी आफ्नो घाटा कम गर्न र यस समरमा मेस्सी र उनका सहकर्मी नेमारका लागि प्रस्तावहरू सुन्न तयार रहेको बताएका छन्।
‘नेयमार र मेस्सीको मुद्दा हालै आन्तरिक रूपमा छलफल भएको छ। सन्तोषजनक प्रस्तावहरूको घटनामा दुई खेलाडीहरूलाई राखिनेछैन, “बोल्माले ट्वीट गरे।
सात पटकको बालोन डी’ओर विजेताले पेरिसमा वास्तवमै प्रभाव पार्न सकेका छैनन
तर हालै क्लबका फ्यानहरूद्वारा गिज्याईएका मेस्सी उक्त घटनाबाट पनि प्रभावित भएका थिए।