पेरिस सेन्ट जर्मन र म्यानचेस्टर युनाइटेड बीच खेलाडी सम्झौताको सम्भावना बढ्दो !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। म्यानचेस्टर युनाइटेडका मिड्फ़िल्डर पल पोगबा यति बेला निकै चर्चा का विषय बनिरहेका छन्।

हुन त पाँच वर्ष अघि युनाइटेडले कीर्तिमानी रकम तिरेर भित्र्याए देखिनै उनलाई मिडियाले सधैं बिषयबस्तु बनाइरहेका छन्।

यसपालि भने अलि गम्भीर किसिमले उनको हल्ला बजारमा उन्माद छ।

कहिले आफ्नो जीवनशैलीले त कहिले खेलमा देखाउने प्रदर्शनले, सधैँ नै चर्चामा आइरहने पोग्बा यतिबेला भने के गर्ने भन्ने अन्यौल मा देखिन्छन्।

यति धेरै केंद्रबिन्दु बन्नुका कारण उनको म्यानचेस्टर युनाइटेड संगको सम्झौता रहेको छ। यो सिजन युनाइटेड सँग को उनको अन्तिम वर्ष रहेको छ।

नयाँ सम्झौता नगरे अर्को बर्ष उनी फ्री एजेण्ट हुने छन् अर्थात् अरु क्लबले उनलाई अनुबन्ध गर्नका लागि युनाइटेड लाई पैसा तिर्न पर्दैन।

त्यसो हुँदा यति धेरै रकम खर्चेर ल्याएको खेलाडीलाई युनाइटेड फ्रि एजेण्ट हुन दिने पक्षमा छैन। तर पोग्बा थप सम्झौता गर्ने की नगर्ने भन्ने कुरामा अन्यौलमा देखिन्छन।

म्यानचेष्टर युनाइटेडमा आएको पहिलो वर्ष 3 उपाधि जिते पनि त्यसपश्चात केही पनि जित्न सकेका छैनन् उनले। घरेलु फुटबलमा पनि पहिलेको जस्तो दबदबा नरहेको अवस्थामा म्यानचेस्टर मै बस्ने या अरु क्लब हेर्ने भन्ने दुविधामा देखिन्छन्।

कहिले युभेन्टस त कहिले रियल मड्रिड भने यसपाली पीएसजि जाने उनको हल्ला व्यापक रहेको छ।

फ्रान्सलाई एक पटक विश्वकप उपाधि जिताएका पोगबा, आफ्नो खेल क्षमता ले विश्वका कुनै पनि उत्कृष्ट क्लवमा जान सक्ने क्षमता राख्दछन्। उनको खेल कौशलतालाई नकार्ने विरलै क्लवहरु होलान यस संसारमा।

Paul Pogba likely to swap !!

उनका एजेन्ट मिनो राइओला यस्ता ट्रान्सफर मामिलामा निकै माहिर छन्। क्लबलाई कसरी चिडयाउने,कसरी बढी रकम आफ्नो खेलाडीमा लगाउने, बजारमा कस्तो हल्ला फैल्याउने यस्ता कार्य मा निकै अगाडि छन्। त्यसैले पनि उनको अरु क्लब सँग सधैँ नाम जोडिन आउने गरेको छ।

नयाँ व्यवस्थापक सोलसायर आएदेखि म्यान्चेस्टर युनाइटेडमा भने फरक किसिमको अनुभव उनले संगाली रहेका छन्। युनाइटेडको टीम विगत सात वर्ष यताकै उत्कृष्ट रहेको छ भने लगातार घरेलु फुटबलमा आफ्नो कमब्याक देखाइरहेको छ।

Neymar extends his contract with PSG

यस सिजन जडोन साञ्चो, राफाइल भरान जस्ता उत्कृष्ट खेलाडीहरु भित्राएको युनाइटेडले अरु खेलाडी भित्र्याउने कोसिस जारी राखेको छ। यसपालि उपाधि जित्नका लागि केही कसर बाँकी नराख्ने पक्कापक्की जस्तै देखिएको छ।

यस्तोमा म्यान्चेस्टर युनाईटेडलाई पुरानै छविमा फर्काउनका लागि टोलीमा महत्वपूर्ण खेलाडी भएर बस्ने या नयाँ चुनौती को लागि पिएस्जी जाने अथवा अर्को सिजन फ्री मै कतै लाग्ने भन्ने कुरामा पाेगबा अकमक्क देखिन्छन।

Leave a Reply

Next Post

विश्व क्रिकेट लिग २ का लागि बन्द प्रशिक्षण सुरु- को को छन् त टोलिमा?

Wed Aug 4 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ| ओमानमा हुन गईरहेको विश्व क्रिकेट लिग २ अन्तर्गतको ट्राई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ। ट्राई सिरिजमा ओमान, नेपाल र अमेरिका भिड्ने छन्। ७ टोलि सम्मिलित यस प्रतियोगितामा शीर्ष तीनमा रहने टोलीले सन् २०२३ मा हुन गइरहेको विश्वकप क्रिकेटको क्वालिफायरमा सहभागिता […]
%d bloggers like this: