पेरुबिरुद्द जित निकाल्दै ब्राजिल कोपा अमेरिका २०२० को फ़ाइनलमा !!!

Brazil defeats Peru and has secured place in the Finals

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पेरुलाई हराउदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा !!

ब्राजिल स्थित इस्टेडियो निल्टन सेण्टस स्टेडियममा भएको आजको खेलमा पेरुलाइ पराजित गर्दै ब्राजिलले आफ्नो फाइनलको यात्रा तय गरेको छ।

खेलको पहिलो मिनेटबाटै आक्रामक देखिएको ब्राजिलले डिफेन्सतर्फ पनि राम्रो सतर्कता देखिएको थियो। आठौ मिनेटमा पेक्वेटाले ब्राजिलका लागि पहिलो मौकाको सिर्जना गरेका थिए। १३ औ मिनेटमा केसेमिरोले शट प्रहार गर्ने राम्रो मौका पाएका थिए। प्रहार गरेको शटले चाहिएको दिशा न भेट्दा उनि गोल बाट चुकेका थिए।

१९ औ मिनेटमा ब्राजिलले सिर्जना गरेको अर्को मौकालाइ पेरुका किपरले तिन उत्कृष्ट बचाउ गर्दै खेललाइ बराबरीमै रोकेका थिए। क्यासेमिरोले प्रहार गरेको पहिलो शट रोकेका गेलेस्सेका लागि तत्कालनै नेयमारले अर्को शट प्रहार गरेका थिए। उक्त प्रहारलाइ पनि सुरक्षा गरेका थिए। नेय्मारले गरेको प्रहारले रिकार्लिसनका लागि अर्को मौका सिर्जना गर्न पुग्यो, रिकार्लिसन गरेको प्रहारलाइ पनि गोलबाट बन्चित गराउदै उनले प्रशंसा योग्य प्रदर्शनको झल्को देखाएका थिए।

२५ औ मिनेटमा किपरलाइ छल्याउन सफल भएका रिकार्लिसनसंग गोल गर्ने राम्रो मौका भए पनि, लक्षमा प्रहार गर्न असफल भए पछि, अर्को गोल गर्ने मौका गुमेको थियो। लगातारको प्रयासपछि ३५ औ मिनेटमा नेयमारको पासलाइ शानदार तरिकाले गोल गर्दै लुकास पाक्वेटाले ब्राजिलका लागि पहिलो अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिमको तिन मिनेटमा ब्राजिलले तिन लगातार मौकाको सिर्जना गरेको थियो। उक्त मौकाहरुमा पाक्वेटा र नेयमारको पुरा भारि प्रभाब रहेको थियो।

Paqueta scores for brazil
Paqueta scores for brazil / Credit : Copa America

दोस्रो हाफमा दुवै टोलिबाट उत्तिकै मौकाहरु सिर्जना गरिएको थियो। आफ्नो अग्रतालाइ सुरक्षित गर्ने क्रममा ब्राजिल सफल भयो भने खेललाइ बराबरीको स्थितिमा ल्याउने प्रयास गरेको पेरु उक्त लक्षमा असफल हुदा, ब्राजिल बिजयी हुन पुगेको हो। अन्तिममा अतिरिक्त ५ मिनेटमा पनि बराबरी गर्न नसक्दा पेरुले निराश हार बेहोरेको हो। हार संगै पेरुले तेस्रो स्थानको लागि दोस्रो सेमीफाइनलमा पराजित हुने टोलि संग प्रतिष्पर्धा गर्ने छ ।

Brazil vs Peru

जित संगै ब्राजिल कोपा अमेरिका २०२० को फाइनलमा पुगेको छ। जुलाई ११ मा ब्राजिलले, दोस्रो सेमिफाइनलको बिजेता संग फाइनल खेलमा प्रतिष्पर्धा गर्ने छ। दोस्रो सेमिफाइनल अन्तर्गत अर्जेन्टिना र कलाम्बियाले आमने सामने गर्दै छन् र सोहि खेलको बिजेता संग ब्राजिलले फाइनलमा ट्रफीका निम्ति प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Next Post

यूरोकप सेमिफाइनल : स्पेनबिरुद्द उत्रदै इटाली !! कस्तो छ त हेड टु हेड ?

Tue Jul 6 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आज बेल्जियमलाइ २-१ को अन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको इटालीले स्पेनबिरुद्द प्रतिस्पर्धा गर्दै छ। दुवै टोलिको यस युरो अन्तर्गतको प्रदर्शनलाइ हेर्दा, उस्तै बलिया देखिएका छन। दुवै टोलिहरुको लयको कुरा गर्दा, इटालीले आफ्ना अघिल्ला १२ खेलमा १२ गोल गर्दै सबै खेलमा जित निकालेको छ भने स्पेनले आफ्ना […]
Spain vs Italy, Euro 2020
%d bloggers like this: