पेरुबिरुद्द संघर्षपुर्ण जित हासिल गरेको कोलोम्बियालाइ तेस्रो स्थानको उपाधी !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | आज बिहान भएको कोलोम्बिया र पेरु बिचको खेलमा रोमान्चक भएको थियो।

सेमिफाइनलमा अर्जेन्टिनाबिरुद्द पराजित भएको कोलोम्बिया र ब्राजिल बिरुद्द पराजित भएको पेरुले तेस्रो उपाधीका लागि आज आमने सामने गरेका थिए।

अर्जेन्टिना बिरुद्दको खेलमा पेनाल्टी सम्म पुगेको खेल अन्तर्गत, पेनाल्टी शुटमा राम्रो प्रदर्शन गर्न नसकेर फाइनल पुग्न बन्चित भएको, कोलोम्बियाले आज जित निकाल्दै एक सन्तोषपुर्ण ढंगबाट प्रतियोगिता समाप्त गरेको छ।

पहिलो अग्रता लिएको पेरु, ८० औ मिनेटसम्ममा २-१ गोलले पछाडी रहेको थियो। ४९औ र ६६ औ मिनेटमा कोलोम्बियाले गोल गर्दै खेलमा आफ्नो दबाब कायम गरेको थियो।

जित हासिल गर्ने संभावना लगभग निस्चित नै भैसकेको थियो तर ८३ औ मिनेटमा लापाडुलाले गरेको उत्कृष्ट हेडर गोलले खेललाइ फेरि बराबरीको मोडमा ल्याएर छोड्न पुग्यो।

९० मिनेटसम्म २-२ कै बराबरी भएको स्थितीमा ३ मिनेटको अतिरिक्त समय थपिएको थियो। अतिरिक्त समयको अन्तिम मिनेटमा लुइस मुरिएलको एसिस्टलाइ उत्कृष्ट ढंगबाट गोल गर्दै लुइस डियाजले बिजयी गोल गरेका थिए।

उक्त गोल सङ्गै खेलको स्कोर ३-२ हुँदै, कोलोम्बियाले पेरुमाथी रोमान्चक जित हासिल गरेको हो । कोलोम्बियाका लागि, ४९ औ मिनेटमा क्वाड्राडो, ६६ र ९४ औ मिनेटमा डियजले गोल गरेका थिए भने पेरुका लागि, ४५ औ मिनेटमा योटुनले गोल गरेका थिए भने ८३ औ मिनेटमा लापाडुल्लाले गोल गरेका थिए।

Leave a Reply

Next Post

पहिलो टि-२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजद्वारा अस्ट्रेलिया पराजित !!

Sat Jul 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स | टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाले राम्रो सुरुवात गरेको थियो। दोस्रो ओभरमा वेस्ट इन्डिजका आक्रमक ओपनर लेविसलाई पबिलियन फर्काएको अस्ट्रेलियाले पावर प्ले सकिदा २ विकेट चट्काएको थियो भने निकै कम्ती रनमात्र दिएको थियो। पहिलो पावरप्ले समाप्त हुदा, वेस्ट इन्डिजले ६ ओभरमा २४ रन बनाएको […]
%d bloggers like this: