पोर्चुगलद्वारा लक्जम्बर्ग विरुद्ध गोलको बर्षा, रोनाल्डोको दशौं ह्याट्रिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन विश्वकप क्वालिफायर अन्तर्गत गएराति सम्पन्न खेलमा पोर्चुगलले लकजम्बर्ग विरुद्ध फराकिलो जित हासिल गरेको छ।

पोर्चुगलको अल्गर्वे रंगशालामा भएको खेलमा घरेलु टोलीले ५-० गोल अन्तर फराकिलो जित निकाल्यो।

पाहुना टोलीलाई तहसनहस बनाउने क्रममा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए।

दुई पेनाल्टी र एक हेडर प्रहार गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरेका थिए।

खेलमा जीत सँगै पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले आफ्नो दशौँ ह्याट्रिक पूरा गरेका छन्।

खेलको सुरुवात बाटै दबाबमा राखेको घरेलु टोलीले सुरुवाती १३ मिनेटमै दुई पेनाल्टी पाएको थियो।

बर्नाडो सिलभालाई पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टी लाई सदुपयोग गर्दै रोनाल्डोले ८औं मिनेटमा व्यक्तिगत र टोलीको लागि पहिलो गोल गरे। १३औं मिनेटमा आँफैले सिर्जना गरेको पेनाल्टीमा पुनः गोल गर्दै टोलीको अग्रता दोब्बर परेका थिए।

ब्रुनो फर्नान्डेसले १७औं मिनेटमा गोल गर्दै पोर्चुगललाई ३-० को अग्रता दिलाए। दोस्रो हाफमा पल्हिनाले ६९औं मिनेटमा गोल गर्दै टोलीको गोल संख्या ४ पुर्याएका थिए।

त्यस्तै ८७औं मिनेटमा मिनेटमा रुबेन् नेवेसको क्रसमा उत्कृष्ट हेडर गर्दै क्रिष्टियानो रोनाल्डोले टोलीका लागि पाचौं तथा व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए।

जितसँगै पोर्चुगलको ६ खेलमा १६ अङ्क भएको छ भने समूह ए को दोस्रो स्थानमा बसेको छ।

 

Leave a Reply

Next Post

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रबेश

Wed Oct 13 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बंगलादेशविरुद्ध बराबरीको नतिजा निकाल्दै नेपाल साफ च्याम्पियनसिप इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको छ। माल्दिभ्सको राष्ट्रीय फूटबल रंगशालामा भएको खेलमा बङ्गलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनलमा पुगेको हो। पहिलो हाफको ९ मिनेट मै गोल गरेको बङ्गलादेशको टोली खेलको अन्तिम १६ मिनेट १० खेलाडीमा सिमित हुन पुगेको […]
%d bloggers like this: