हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलका सबैभन्दा चर्चित एजेन्ट मिनो राईओलाको ५४ वर्षको उमेरमा निधन भएको छ।
फुटबलको संसारमा एक ‘सुपर एजेन्ट’ को रूपमा चिनिने राइओलाको उपचारको क्रममा निधन भएको हो।
उनि केहि समय यता फोक्सोको समस्याका कारण अस्पताल भर्ना भएका थिए।
गत साता उनको निधन भएको हल्लाले सामाजिक सन्जाल पिटिएपनि उनको मृत्य नभएको पुष्टि भएको थियो।
तर आज उनको परिवारले उपचारको क्रममा निधन भएको आधिकारिक जानकरी दिएको छ।
रेओलाले एजेन्टको रुपमा पल पोग्बा, ज्लाटन इब्राहिमोभिक, म्याथिज्स डे लिग्ट र जियानलुइगी डोनारुम्मासम्म खेलकुदका केही ठूला नामहरूको प्रतिनिधित्व गरेका थिए।
उनी बोरुसिया डर्टमन्ड स्ट्राइकर एर्लिङ हालान्ड को एजेन्ट पनि थिए, जो विश्व फुटबलमा सबैभन्दा बढी माग भएका खेलाडीहरू मध्ये एक हुन् र म्यानचेस्टर सिटीमा अनुबन्धित हुने क्रममा छन्।
करिब तिन दशक अघिबाट आफ्नो करियरको सुरुवातको गरेका मिनोले आफ्नो समयमा निकै उत्कृस्ट खेलाडीलाई मौका दिएका थिए।
राईओलाले देखाएको सबैभन्दा ठूलो सम्झौता मध्ये पोग्बाको न् २०१६ मा युभेन्टसबाट १०५ मिलियन युरो (£८७.४ मिलियन) मा म्यानचेस्टर युनाइटेड आगमन रहेको थियो।
कतै तिता र कतै मिठा अनुभब संगालेर फुटबल ट्रान्सफरमा आफ्नो बेग्लै छबि बनाएका मिनोलाई अलविदा।