प्रतिद्वन्दी बलिया हुन या कम्जोर, सधैं एकनासका दिपेन्द्र

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय क्रिकेट टोलीमा हार्ड हिटर र मिस्टर डीपेनडेबल [भरपर्दा] खेलाडीको रुपमा ख्याती कमाएका ब्याट्सम्यान हुन दिपेन्द्र सिंह

घरेलु प्रतियोगिता या अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु मैदान होस् या अन्तर्राष्ट्रिय खेल मैदान हरेक ठाउँमा प्रदर्शनको एकरूपता उनको ब्याटिङमा देखिने गर्दछ

एक समय पारस खड्काकै ब्याटिङबाट जोगिने नेपाली क्रिकेट टोली अहिले दीपेन्द्रको ब्याटमा भर पर्छ भन्दा फरक नपर्ला

पारस खड्काले राष्ट्रिय क्रिकेट टोलीबाट आफ्नो जिम्मेवारी टुंग्याएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा उनकै जतिको क्षमता भएका अहिलेका भरपर्दा खेलाडी हुन् दीपेन्द्र

कठिन परिस्थितिमा टोलीलाई मध्यक्रमबाट आफ्नो ब्याटिंगले उकास्दै कहिले सम्मानजनक स्कोर त कहिले जित दिलाउन उनको भूमिका उल्लेख्य रहेको छ 

यसैबर्ष भएको टिप्पणी विश्वकप छनौट प्रतियोगितामा पनि नेपालका तर्फबाट सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी रहेका थिए दीपेन्द्र सिंह ऐरी

सायद उनलाई सेमिफाइनलमा यूएईविरुद्ध अरु कुनै ब्याट्सम्यानले साथ दिएको भए नेपालले पनि अष्ट्रेलियामा हुने विश्वकप प्रतियोगितामा सहभागी जनाउने थियो

हाल काठमाडौंमा भइरहेको त्रिदेशीय अन्तर्राष्ट्रिय टि-ट्वान्टी प्रतियोगितामा पनि दिपेन्द्र सिंह अहिले एक पछिअर्काे खुड्कीला पार गर्दै कीर्तिमान माथि अर्को किर्तिमान रचीरहेका छन्

मलेसियाविरुद्ध समूह चरणको चौथो खेलमा दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्कासहित १ सय १० रनको अविजित शानदार शतक प्रहार गरे।

 शतक सँगै दीपेन्द्र, नेपालबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। 

यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि२० मा शतक प्रहार गरेका थिए ।

 यसअघि टि२० आईमा उत्कृष्ट प्रदर्शन फिलिपिन्सविरुद्ध ८३ रन थियो। उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको भुटानविरुद्ध १ सय ७ रनको कीर्तिमान तोडेका हुन् ।

ज्ञानेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको इनिङ खेलेका थिए।

दिपेन्द्र हाल चलिरहेको छ त्रिकोणात्मक सीरीज मा सर्वाधिक रन बनाउने खेलाडी समेत रहेका छन् उनले प्रतियोगिताअन्तर्गत चार खेल खेल्दा २०१ रन बनाईसकेका छन्।

नेपालका तर्फबाट अन्तर्राष्ट्रिय टि-ट्वान्टी मा सर्वाधिक रन बनाउने खेलाडी पनि दीपेन्द्रसिंह ऐरीनै रहेका छन्।

आफ्नो ब्याटिङले मात्र नभई टोलीलाई चाहिएको बेला बलिंगले समेत कमाल देखाउन सक्ने दिपेन्द्र हाल राष्ट्रिय क्रिकेट टोलीमा एक भरपर्दा खेलाडीका रूपमा एउटा पूर्ण प्याकेजका रुपमा उभिएका छन्। 

 

Leave a Reply

Next Post

म्यान युनाईटेडलाई रोनाल्डोकै वरिपरी नयाँ टिम बनाउन आवश्यक

Sun Apr 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेडले अब अर्को सिजन देखि आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोकै वरिपरि नयाँ टिम निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ। यस सिजन प्रमुख प्रतियोगिताहरुको उपाधि होडबाट बाहिरिसकेको म्यानचेष्टर युनाइटेडलाई शीर्ष चारमा स्थान बनाउन गाह्रो छ। प्रिमियर लिगमा हाल छैठौं स्थानमा रहेको रेड्स टोलिले आर्सनल भन्दा दुई खेल बढी […]
%d bloggers like this: