प्रशिक्षक अब्दुल्ला अल्मुताइरिले राष्ट्रिय फुटबल टोली थप एक वर्ष सम्हाल्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्ला अल्मुताइरिकाे सम्झौता थप एक वर्षका लागि लम्बिएको  छ।

गतसाता नेपाली राष्ट्रिय फुटबल टोलीलाई इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल खेलाएका प्रशिक्षक अब्दुल्लाले सेमिफाइनलको खेल पछि भने अब आफु कहिले नेपाल नफर्किने बताएका थिए।

भारतसँगको समूह चरणको खेलमा निकै आलोचित भएका प्रशिक्षक अब्दुल्लाले आफ्नो चरित्र हत्या भएको भन्दै मिडियाकर्मीहरु सँग गुनासो पोखेका थिए।

तर भारतसँगको फाइनल खेल पछि करिब दुई साताको विश्रामपछि मात्र आफूले भविष्यको बारेमा जानकारी दिने बताएका अब्दुल्ला नेपाललाई लिएर केही सकारात्मक देखिन्थे।

अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधारका अनुसार अल्मुताइरिले सन् २०२२ को सेप्टेम्बरसम्मका लागि सम्झौता पहिला नै गरिसकेका छन् ।

विगतमा जस्तै कतार फुटबल संघले नै पारिश्रमिक बेहोर्ने गरि अलमुताइरीसँग सम्झौता भइसकेको उल्लेख गर्दै महासचिव तुलाधरले भने, ‘सन् २०२२ सेप्टेम्बर अन्तिमसँगको सम्झौता उहाँसँग छ ।’ अलमुताइरी र एन्फाकातर्फबाट तुलाधरले असार १८ गते नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए।

नेपालको पहल र कतार फुटबल सङ्घको सहयोगमा गत वर्ष चैतमा नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्न नेपाल आएका प्रशिक्षक अल्मुताईरिको नेपाली जनस्तरमा भने राम्रो छाप बसीसकेको छ।

उनकै नेतृत्वमा नेपालले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल्यो साथै एसियन कप क्वालिफायरको अर्को चरणमा पनि प्रवेश गरेको छ।

नेपालको परम्परागत रक्षात्मक शैलीलाई बदल्दै आक्रामक खेल्नुपर्छ भन्ने सिद्धान्तका साथ नेपालमा छिरेका प्रशिक्षक अब्दुल्लाले विगत ६ महिनादेखि नेपाली राष्ट्रिय टोलीलाई निरन्तर फेरबदल गरिराखेका छन्। प्रशिक्षक अब्दुललाको नेतृत्वमा कुल ११ खेल खेलेको नेपालले तिनमा जित, २ बराबरी र ६ मा हार व्यहोरेको छ।

यसैबीच अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रशिक्षक अब्दुललासँग बसेर आगामी दिनमा नेपालको फुटबललाई थप मजबूत बनाउने विषयमा हाम्रो छलफल भन्दै सामाजिक सञ्जालमा फोटो पनि हाल्न भ्याएका थिए।

 

Leave a Reply

Next Post

अन्सु फातिले गरे बार्सिलोना संग सम्झौता नवीकरण : रिलिज क्लज 'एक बिलियन युरो'

Thu Oct 21 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ| युवा खेलाडी अन्सु फातिले बार्सिलोनासँग सन् २०२७ सम्मको नयाँ सम्झौता विस्तारमा हस्ताक्षर गरेका छन। च्याम्पियन्स लिगमा डायनामो कीभलाई १-० ले पराजित गरेको केही समयपछि क्लबले बुधबार सामाजिक सन्जाल मार्फत फातिले सम्झौता नवीकरण घोषणा गरेको हो। घुँडामा चोट लागेर लगभग एक बर्ष पछि भर्खरै फर्किएका फातिको तय […]
%d bloggers like this: