प्रशिक्षक अब्दुल्ला अल्मुताईरीको कार्यकाल थप ३ बर्ष लम्बियो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताईरिको कार्यकाल थप तीन वर्षका लागि लम्बिने भएको छ।

अखिल नेपाल फुटबल सङ्घ र प्रशिक्षक अब्दुल्ला बीच ३ वर्षे कार्यकालका लागि सम्झौता भएको हो।

नेपाली राष्ट्रिय फुटबललाई गत महिना ऐतिहासिक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका अब्दुल्लाले आफूलाई नेपालकै सर्वाधिक सफल प्रशिक्षक मध्ये एक बनाइसकेका छन्।

प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा लेख्दै कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफलपछि सम्झौता नविकरण गरेको जानकारी दिए । उनले छिट्टै २ वर्षको योजना प्रस्तुत गर्ने बताए ।

नेपाललाई आगामी २ वर्षमा आफ्नो योजना अनुसार बलियो टोली बनाउने तर समर्थकहरुले केही समय कुर्नु पर्ने र साथ दिनुपर्ने भन्दै उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

गत महिना साफ च्याम्पियसिप पछि नेपाल नफर्कीने बताएका प्रशिक्षक अब्दुल्लाले भारत संगको पराजय पछि भने आगामी दुई साता आराम गरेर नेपालको भविष्यबारे छलफल गर्ने बताएका थिए।

नेपालको परम्परागत रक्षात्मक शैलीलाई बदल्दै आक्रामक खेल्नुपर्छ भन्ने सिद्धान्तका साथ नेपालमा छिरेका प्रशिक्षक अब्दुल्लाले विगत ६ महिनादेखि नेपाली राष्ट्रिय टोलीलाई निरन्तर फेरबदल गरिराखेका छन्। प्रशिक्षक अब्दुललाको नेतृत्वमा कुल ११ खेल खेलेको नेपालले तिनमा जित, २ बराबरी र ६ मा हार व्यहोरेको छ।

नेपालले अब एसियान कप छनोटको तेस्रो चरण खेल्ने कार्यक्रम छ । यसबीच मैत्रीपूर्ण खेलको सम्भावना पनि रहेको छ ।

 

 

Leave a Reply

Next Post

टीट्वेन्टी विश्वकप क्रिकेट : इंग्ल्याण्ड द्वारा बङ्गलादेश सहजै पराजित

Wed Oct 27 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारी टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत समूह १ को बुधबार भएको पहिलो खेलमा इंग्ल्याण्डले बङ्गलादेशलाई ८ विकेटले पराजित गरेको छ। बङ्गलादेशले दिएको १२५ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले १४.२ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गरेको थियो। इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले ३८ बलमा ६१ रनको विस्फोटक पारी खेले […]
%d bloggers like this: