हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीले आउदो एसियन कप छनौट चरणका लागि प्रशिक्षण सुरु गरेका छन्।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिको नेतृत्वमा २५ सदस्यीय राष्ट्रिय टोलीले काठमाडौँमा अभ्यास सुरु गरेको हो।
नेपालले आउँदो एसियन कप छनौटमा आफ्नो समूहमा जोर्डन, कुबेत र इन्डोनेसिया जस्ता बलियो प्रतिद्वन्दीहरुको सामना गर्दैछ।
समूहमा शीर्ष २ मा पर्न सकेमा मात्र नेपालले आउँदो एसियन कपमा सहभागिता जनाउनेछ. जसको सम्भावना भने निकै न्यून देखिन्छ।
नेपालले घरेलु ढाँचा सँगै विश्व वरियतामा पनि आफूभन्दा निकै अब्बल प्रतिद्वन्द्वी पाएको छ।
समूह चरणमा अङ् बटुल्न सफल भएको खण्डमा मात्र पनि नेपाली फुटबल इतिहासमा निकै ठूलो सफलता मान्नुपर्ने हुन्छ।
जोर्डनविरुद्ध पछिल्ला तीन खेलमा तिनै खेलमा हार व्यहोरेको नेपालले कुवेत र इन्डोनेसिया जस्ता राष्ट्रहरु विरुद्ध पनि राम्रो नतिजा निकाल्न सकेको छैन।
यस्तोमा नेपालको छनौट हुने सम्भावना निकै न्यून रहेको बताएका छन् अब्दुल्ला अल्मुताइरिले।
दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले भने,‘ हामी निकै बलियो समूहमा छौं । हामी एसिया कपका लागि छनोट हुन सक्दैनौं । त्यसमा खेलाडीलाई दोष दिनु ठीक हुने छैन।’
निकै ठूला प्रतिद्वन्द्वीहरु पाएको र अहिलेनै खेलाडीहरुलाई महत्वकाङ्क्षी बनाएर पछि निराश भएर फर्कन नपरोस भनेर यस्तो बताएको उनको भनाइ थियो।
यसअघि पनि सामाजिक सञ्जालमा नेपालले आउँदो एसियन कपमा छनौट हुने वाचा गर्न नसकेपनि खेलाडीहरुले सतप्रतिशत दिने र खेलाडीहरूको प्रदर्शनले सम्पूर्ण नेपाली गौरवान्वित हुने कुरा बताएका थिए।
तर कोच अब्दुल्लाले नेपाल एसियन कपमा छनौट हुँदैन भन्ने अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा चर्को बहस पाएको छ।
एक जमातले वर्तमान परिप्रेक्ष्यमा फुटबलको अवस्था र नेपाली राष्ट्रिय टोलीको पछिल्ला प्रदर्शनहरुका कारण प्रशिक्षकले सही कुरा बताएका छन्।
त्यसैमा अर्को समूहले भने फुटबलमा जे पनि हुन सक्ने र यस्तो ठुलो प्रतियोगिता अगाडि खेलाडीहरुलाई सधै सकारात्मक बनाउनुको साटो प्रशिक्षकले खेल सुरु हुनुभन्दा अगाडिनै हार मानेको भन्नेजस्ता विषयवस्तुहरू भनिएका छन्।
तर वर्तमान अवस्था हेर्ने हो भने नेपालले अङ्क बटुल्ने हैन यी तिनै खेलमा गोल गर्न सक्नु पनि निकै चुनौतीपूर्ण देखिन्छ।
नेपालका लिगले उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न नसकी रहदा भएकाले लिगले पनि व्यवस्थापन नपाउनु र नेपाल सुपर लिग जस्ता प्रतियोगिताहरु समयमै नहुनुले पनि खेलाडी छान्नमा समस्या हुने उनले बारम्बार बताउँदै आएका छन्।
४५ जनाबाट अहिले राष्ट्रिय टोली छान्नुपर्ने अवस्थालाई बढाएर दुई सय जनाबाट पुर्याउन सके मात्र नेपालले फुटबलमा विकास गर्ने उनको भनाई रहेको छ।
समूह चरणका खेलमा नेपालले जेठ २५ गत जोेर्डन, जेठ २८ गते कुवेत र जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ।