प्रशिक्षक ओलेलाई बर्खास्त गर्न किन हिच्किचाउदैछ म्यानचेस्टर युनाईटेड?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेडले यसपटकको ट्रान्सफरमा गरेको उपलब्धि देख्दा यसपटक त पक्कै पनि म्यानचेष्टर फर्किएको हो कि भन्ने अडकल सबैको मनमा थियो।

अड्कल नहोस पनि किन? गत सिजन घरेलु लिगमा र युरोपा लिगमा उपविजेता बन्न पुगेको थियो। लिगमा तीन सिजन यता: छैठौँ, छैठौं बाट तेस्रो, तेस्रो बाट उपविजेता, सुस्तरी प्रगति भएको राम्रै सँग देख्न सकिन्थ्यो।

गत सिजन सम्म व्यवस्थापक ओलेको नेतृत्वमा म्यान्चेस्टर युनाइटेड घरेलु प्रतियोगिताहरुमा पनि सेमिफाइनलसम्म यात्रा तय गरिरहेको थियो।

तर अहिले सिजन अघि बढ्दै जाँदा म्यानचेस्टर युनाइटेडका समस्याहरुको चाङ लागेको देखिन्छ। न त राम्रोसँग आक्रमण गर्न सक्छ न त राम्रो सँग रक्षात्मक नै खेल्न सक्छ। ३ सिजन भइसक्यो व्यवस्थापक ओले जिम्मेबारी सम्हालेको तर टोलीमा खेल्ने शैली पटक्कै विकसित भएको देखिँदैन। म्यानचेष्टर यूनाइटेडले आज यस्तो खेल्छ भनेर अड्कल गर्नै सकिँदैन।

गत सिजन दोस्रो स्थान सम्म पुर्याएका व्यवस्थापक ओले यसपटक भने कुनै पनि टोली विरूद्ध हावि हुन सकेका छैनन्। उनका रणनीतिलाई लिएर पटक पटक प्रश्न उठ्न थालेको छ। कहिले अनफिट खेलाडी मैदानमा उतार्ने, खेलाडी परिवर्तन गर्न ढिला गर्ने, विपक्षी अनुसारको खेलमा परिवर्तन ल्याउन नसक्ने, टोलिका केही खेलाडीहरुलाई पक्षपात गर्ने आदि ईत्यादि धेरै।झन्डै ५०० मिलियन खर्चिसकेको टोलिमा ओलेले अब के गर्ने भन्ने एक भेउ पाएका छैनन्।

उनका ब्यबस्थापनका सहपाठीहरूलाई लिएर पनि प्रश्न उठ्न थालेको छ। उनका टोलीमा अहिले माइक फिलान, माइकल क्यारीक, किरण मकेन्ना रहेका छन्। केही रिपोर्टहरुले बताएअनुसार म्यानचेस्टर युनाइटेडका सिनियर खेलाडी उनीहरूको रणनीति र प्रशिक्षण शैलिबाट सन्तुष्ट छैनन्। उनीहरूको स्तर उमेर समूहको जस्तो छ भन्ने सुनिन्छ।

लिड्स युनाइटेडलाई आफ्नै घरेलु मैदानमा सिजनको पहिलो खेलमा ५-१ ले हराएको म्यानचेष्टर युनाइटेड त्यसपश्चात आफै हराएको छ। एकपछि अर्को खराब नतिजा निकालिरहेको रेड्स टोली दुई साताअघि लिभरपुल विरूद्ध आफ्नै घरमा ५-० को लज्जास्पद हार व्यहोरेको थियो।

लिभरपुल विरुद्धको हारबाट पाठ सिक्यौं भनेर किटान गरेका कप्तान ह्यारी मग्वायारको वाक्य डर्बी खेलमा सिटी विरुद्ध छताछुल्ल देखियो। सायद झन् नराम्रो तरिकाले कसरी हार्ने भनेर सिकेछन क्यार।

११ खेल भइसकेको छ इङलिस प्रिमियर लिगमा अहिले सम्म। तर म्यानचेष्टरले केवल २ खेलमा मात्र गोल खाएको छैन। १९ गोल गर्दा १७ गोल खाएको छ युनाईटेडले। रक्षात्मक प्रस्तुति त निकै दयनीय रहेको छ। अग्रपंतिमा क्रिष्टियानो रोनाल्डोले कहिलेकाहीँ व्यक्तिगत राम्रो प्रदर्शन गर्दै टोलीलाई बचाउने गरेका छन्।

ओले भन्दा अगाडि आएका व्यवस्थापकहरुलाई पनि यस्तै दयनीय प्रदर्शनका कारण बर्खास्त गरिएको थियो तर अहिले उनी भने सुरक्षित रहेको बताउँदै आएको छ युनाइटेडको बोर्डले। यस्तै पाराले हो भने म्यानचेष्टर युनाइटेडलाई शीर्षक ६ भित्र पर्न पनि निकै मुस्किल देखिन्छ। ओलेको असक्षमता यस सिजनमा निकै राम्रो प्रदर्शनी भईरहेको छ तर भगवान जानुन युनाइटेडको बोर्डले उनलाई किन साथ दिईरहेको छ।

Leave a Reply

Next Post

एसी मिलानको एक दशक पछि पुनरागमनको संकेत

Mon Nov 8 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ईटालियन सेरियामा गएराति सम्पन्न भएको डर्बी खेलमा इन्टर मिलान लाई १-१ को बराबरीमा रोक्दै एसी मिलानले जारी अपराजित यात्रालाई अझै लम्ब्याएको छ। प्रशिक्षक स्टेफानो पाओलीको आगमनसँगै मिलानले घरेलु फुटबलमा लगातार वापसी संकेत देखाइरहेको छ। जारी सिजनमा १२ चरणको खेल समाप्त भइसक्दा लिगमा एसी मिलान र नापोलीले […]
%d bloggers like this: