हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विगत ४ सिजन यता प्रिमियर लिगमा उत्कृष्टताको दौडमा केवल दुई क्लब :म्यानचेष्टर सिटी र लिभरपुलले आपसमा चर्को प्रतिस्पर्धाको लर्को लगाएका छन्।
पेप ग्वाडियोला आएपछि घरेलु लिगमा छोइनसक्नु भएको म्यानचेष्टर सिटीलाई उनका समकालीन प्रतिपक्षी, लिभरपुलका म्यानेजर योर्गन क्लोपले मात्र कडा टक्कर दिने गरेका छन्।
२०१८/१९ को प्रिमियर लिगमा लिभरपुलको नाकै अगाडि करिब २७ वर्षपछि लिग जित्ने सपना सिटीले एक अंकले खोसिदिएको थियो।
उक्त सिजन सिटीले ९८ अङ्क बटुल्दै प्रिमियर लिग च्याम्पियन हुँदा लिभरपुल ९७ अङ्क जोड्दै इंग्लिश लीग इतिहासमै सबैभन्दा बढी अङ्क बोकेको उपविजेता बनेको थियो।
तर क्लोपले हार मानेनन् र पेपलाई उनकै वर्चश्व रहेको इङ्लिस लिगमा उनको उपाधि खोस्न सक्षम भए। लिभरपुललाई १९/२० को सिजन जित्न अघिल्लो सिजनको एक अंकको चोट थियो। तर यसरी लिगमा प्रस्तुत भयो कि उसलाई भेट्न वरपर देखा पर्ने पनि कोही भएनन।
तर अर्को सिजन फेरि सिटीले पुनरागमन गर्दै फेरि एकपटक लिग उपाधि जित्न सक्षम भयो। यसपाली पनि अग्रपंक्तिमा म्यानचेष्टर सिटी र लिभरपुल नै रहेका छन् तर कडा प्रतिस्पर्धि बनेर थोमस टुकेलको चेल्सी दुई शीर्ष बीचको शीर्ष बनेर अगाडि उभिएको छ।
गत सिजन पेरिसबाट बर्खास्त भएपछि चेल्सीमा आउने बित्तिकै टोलीलाई युरोपेली च्याम्पियन बनाएका टुकेल यसपटक पेप र योर्गनसँग आफ्नो टोलीलाई लगातार भिडाईरहेका छन्।
खेलमा ९ चरणको खेल समाप्त भै सक्दा चेल्सी २२ अङ्क बोकेर पहिलो स्थानमा छ भने लिभरपुल २१ अंकका साथ दोस्रो र म्यान्चेस्टर सिटी २० अंकका साथ तेस्रो स्थानमा बसेको छ। यि तिनै क्लबमा यस्ता प्रशिक्षक उभिएका छन् जसले हार सजिलै स्वीकार्न जानेकै छैनन्।



चेल्सीले म्यानचेष्टर सिटी विरुद्ध एक महिनाअघि १-० को हार व्यहोरे यता लिगमा पराजय व्यहोरेको छैन। म्यानचेष्टर सिटीले पनि सिजनको पहिलो खेलमा स्पर्सलाई १-० कै नतिजा सुम्पिएको थियो त्यसयता लगातार अपराजित रहेको छ भने लिभरपुलले अहिलेसम्म हार देखेकै छैन।
आक्रमक खेलमा आफ्नो प्रतिद्वन्द्वीलाई कुनै पनि मौका नदिने यी तीन टोलीले रक्षात्मक खेलमा पनि त्यतिनै धुरन्धर प्रदर्शन गरेका छन्। चेल्सीले ९ खेलमा २३ गोल गर्दा कुरा गर्दा ३ मात्र खाएको छ भने लिभरपुलले त्यति नै खेलेर २७ गोल गर्दा ६ गोल मात्र खाएको छ। सिटीले पनि २० गोल गर्न भ्याउँदा केवल ४ गोल आफ्नो पोष्टमा पर्न दिएको छ। सरसर्ती हेर्दा युरोपमै वास्तवमै उत्कृष्ट देखिन्छन यी तीन टोली।
गजवको कुरा त के भने यी तीनै टोलीमा यति धुरन्धर खेलाडी हरु छन कि कुरा गरेर साध्य छैन। विश्व फुटबलमै अहिले सायद लिभरपुलका महम्मद साला भन्दा राम्रो खेलाडी नहोलान्। माने, फर्मिनो, भान डाइक, रोबर्टशन, माटिप सबैले खेलमा आफ्नो सय प्रतिशत दिन्छन्।
अर्कोतिर म्यान्चेस्टर सिटीको त बेच्ने यति तगडा छ कि युरोपमै अर्को एउटा उत्कृष्ट टोली बनाउन मिल्छ। फोडेन, स्टरलिङ, माहरेज, डी ब्रुन, गुण्डोगन, स्टोन्स, एडरशन कुरै नगरौँ टोलीको सूची निकै लामो छ। लगातार ५ सिजन भयो म्यानचेष्टर सिटीले घरेलु फुटबलमा आफ्नो दबदबा राखेको राखै छ। दुर्भाग्यवश एउटा युरोपेली ट्रफी भने अहिलेसम्म जित्न सकेको छैन। गत सिजन चेल्सीले म्यानचेष्टर सिटीलाई हराउँदै युरोपियन च्याम्पियन बनेको थियो।
आफ्ना क्लब लिजेण्ड लाम्पर्डको पालामा निकै खराब प्रदर्शन गरेको चेल्सीलाई टुकेलले पुनर्जन्म दिएका थिए। शीर्ष चारभित्र पनि नपुग्ने आँकलन गरिएको थियो चेल्सीलाई तर सिजनको अन्त्यमा उनले चेल्सीलाई नै युरोपियन च्याम्पियन बनाइदिए।
यसै सिजन मिलानबाट फर्किएका लुकाकु, हावर्ज, सिल्भा, कन्टे, वेर्नर, माउन्ट, मेण्डी जस्ता शीर्ष खेलाडीहरूको बाहुल्यता रहेको चेल्सीले आफ्ना प्रतिद्वन्दी हरुलाई नमिठा हार चखाउने गरेको छ।
प्रिमियर लिगमा अहिले नै यसैले जित्छ भनेर ठोकुवा गर्नु बठ्याइँ पूर्ण नभएता पनि यसपालिको सिजनको दौड भने निकै रोमाञ्चक हुने लगभग पक्का छ।
सायद सिटि र लिभरपुलको युद्धमा चेल्सीले पाईला राख्दै नयाँ आयाम थपेको छ भने यी तिनै टोलि वरिपरी लिगमा नयाँ अध्याय सुरु भएको छ।