प्रिमियर लिगमा आज चेल्सी र म्यानचेस्टर युनाईटेड भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश प्रिमियर लिगको सुपर सन्डे अन्तर्गत आज बेलुकी लिगमा दुई सफल चिर प्रतिद्धन्दी टोलि चेल्सी र म्यान्चेस्टर युनाइटेड आपसमा प्रतिष्पर्धा गर्दैछन।

शीर्ष स्थानमा रहेको चेल्सीले जारी लिग सिजनमा खराब नतिजा बाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेड आतिथ्यता गर्दैछ। म्यानचेस्टर युनाईटेड लिगमा अहिले सातौ स्थानमा रहेको छ।

पछिल्ला १० खेलमा अपराजित रहेको चेल्सीले आज युनाइटेड विरुद्ध जित निकाल्दै प्रिमियर लिगमा आफ्नो दाबेदारी अझ मजबुत बनाउने लक्ष्यमा देखिन्छ।

लिभरपुलले शनिबार आफ्नो खेलमा जित निकालेपछि शीर्ष स्थानको चेल्सी संगको दुरी १ अङ्कमा पुर्याएको छ।

युनाइटेड विरुद्ध बराबरी अथवा हारको नतिजाले चेल्सीलाई तालिकामा पक्कै पनि दबाब दिने छ। तर विगत केही समय यता उच्च लयमा देखिएको चेल्सीलाई रोक्न युनाइटेडलाई फलामको चिउरा चपाउनु सरह हुनेछ।

आफ्ना महत्वपूर्ण खेलाडी बेन चिलवेल र एंगोलो कान्टे गुमाएका कारण चेल्सीलाई अहिलेको फर्ममा अघि बढ्न केही असहज भने हुनेछ।

प्रिमियर लिगमा पछिल्ला पाँच खेलमा एकमात्र जित निकालेको युनाइटेडको टोलीलाई अघिल्लो साता भिल्लारियल विरुद्धको च्याम्पियन्स लिगमा हात पारेको जीतले थोरै भएनी विश्वास बढाउने छ।

म्यानचेस्टर युनाइटेडले राल्फ रांगनिकलाई आफ्नो नयाँ अन्तरिम प्रबन्धक बनाईसकेको छ, तर माइकल क्यारिक स्ट्यामफोर्ड ब्रिजमा जाँदा अझै पनि डगआउटमा हुनेछन्।

क्यारिकले आफ्नो सुरुवाती खेलमा भिल्लारियल विरुद्ध जित हासिल गरे र उनको अर्को कार्य थोमस टुचेललाई आउटविट गर्ने बाटो खोज्नु हो, जुन भन्नमा मात्र सजिलो छ। चेल्सी लिगको शीर्ष स्थानमा छ र, बेन चिलवेल र एन’गोलो कान्टे बिना भए पनि, टुचेलको टोली अहिले उत्कृष्ट फर्ममा छ।

खेल चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा नेपाली समय अनुसार बेलुकी १०: १५ मा सुरु हुने छ।

Leave a Reply

Next Post

सेन्ट इटिन विरुद्ध मेस्सीको तिन एस्सिस्ट, रामोसको डेब्यु

Sun Nov 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सको शिर्ष डिभिजन लिग वान अन्तर्गत आइतबार साँझ भएको खेलमा पेरिस सेन्ट जर्मेनले तालिकाको पुछारमा रहेको टोली सेन्ट इटिन विरुद्ध संघर्षपूर्ण जित निकालेको छ। लिगको पुछारमा रहेको सेन्ट इटन विरुद्ध ३-१ को नतिजा निकालेको फ्रेन्च महारथी पेरिसले, खेलमा पूर्ण दबदबा भने देखाउन सकेको थिएन। पेरिसलाई जित […]
%d bloggers like this: