प्रिमियर लिगमा आज टोटेन्ह्याम र लिभरपुल भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज बेलुकी दुई शिर्ष क्लब टोटेंहम हटस्पर्स र लिभरपुल आपसमा प्रतिस्पर्धा गर्दैछन्

शीर्षस्थानबाट केवल एक अंकको दुरीमा रहेको १९ पटकको च्याम्पियन लिभरपुल, सातौं स्थानमा रहेको टोटेंहम हटस्पर्सको घरेलु मैदानमा यात्रा गर्नेछ।

कोभीडका कारण पछिल्लो साता खेल गुमाएको स्पर्स भने हाल सातौं स्थानमा बसेको छ।

पछिल्ला चार खेलमा अपराजित रहेको घरेलु टोली स्पर्सले आजको खेल जितेको खण्डमा, तालिकामा सातौं स्थानबाट पाँचौं स्थानमा उक्लिदैं शिर्ष चारको अभियानलाई थप मजबुती दिन सक्नेछ।

कीर्तिमानी २०औ पटकको लिग उपाधि चुम्ने प्रयासमा रहेको लिभरपुलले आज जित निकालेको खण्डमा, एक खेल बढी खेल्दै २ अंकको अग्रता लिएर शिर्ष स्थानमा उक्लन सक्ने अवस्था रहेको छ।

झन्डै दुई सिजन अघि लिभरपुल र सिटीले लिग उपाधिका लागि जसरी शानदार प्रतिष्पर्धा गरेका थिए, सोही तवरको लिग भिडन्त यसपटक पनि देख्न पाइने भएको छ।

१७ खेलबाट ४१ अङ्क जोडेको म्यान्चेस्टर सिटी तालिकामा पहिलो स्थानमा रहेको छ भने उति नै खेल खेलेको लिभरपुल, ४० अंकको साथ दोस्रो स्थानमा रहेको छ।

लिगमा एक मात्र हार बेहोरेको रेड्स टोलीले पछिल्ला पाँच खेलमा शतप्रतिशत जित निकालेको छ भने, टोटेंहम हट्सपरले पछिल्ला चार खेलमा हार बेहोरेको छैन।

प्रशिक्षक कोंटेको आगमन संगै खेलमा एकरुपता ल्याउने प्रयासमा जुटेको टोटेनह्यामले पछिल्ला ७ खेलमा भने मर्सीसाइड लिभरपुल विरुद्ध अंक बटुल्न सकेको छैन।

सन् २०१९ को च्याम्पियन्स लिगको फाइनलमा स्पर्सलाई नै हराउदै लिभरपुलले आफ्नो छैठौ उपाधि जितेको थियो।

पछिल्ला सात खेलमा लिभरपुलले सातै खेल आफ्नो पक्षमा पारेको छ।

दुई साता अघि नर्विचलाई पराजित गरेयता स्पर्सले लिगमा कुनै खेल नखेलेका कारण टोलीले कस्तो प्रदर्शन गर्नेछ त्यो त हेर्न बाँकी नै छ।

शिर्ष ४ मा रहदै च्याम्पियन्स लिगमा फर्कने अबको रणनितीका लागि पनि टोटेन्ह्यमलाई आजको खेल महत्वपूर्ण रहेको छ।

Leave a Reply

Next Post

सर एलेक्स प्रति सधै कृतज्ञ क्रिस्टियानो रोनाल्डो

Sun Dec 19 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एक दशकभन्दा लामो समयपछि यो सिजन ओल्ड ट्राफोर्डमा फर्किएका क्रिस्टियानोले आफ्ना पूर्व प्रबन्धक र प्रशिक्षकसँगको विशेष अन्तर्वार्ता साझा गरेका छन्। क्रिस्टियानो रोनाल्डो र सर एलेक्स फर्ग्युसन म्यानचेस्टर युनाइटेडमा एक विशेष अन्तर्वार्तामा पुनर्मिलन भएका थिए। जोडीले ओल्ड ट्राफोर्डमा सँगै बिताएको समयलाई प्रतिबिम्बित गर्दै एक अर्काका लागि भरपुर […]
%d bloggers like this: