प्रिमियर लिगमा आज म्यानचेस्टर युनाईटेड र चेल्सी भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत मिड विक खेलमा आज म्यानचेस्टर युनाइटेड र चेल्सी आपसमा भिड्दै छन्। 

आफ्नो ३४ औँ चरणको खेल अन्तर्गत म्यानचेस्टर युनाईटेडले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ। 

पछिल्ला पाँच खेलमा एकमात्र जित निकालेको म्यानचेस्टर युनाईटेड, पछिल्लो डेढ महिनामा यता खराब फर्मबाट गुज्रिरहेको छ।

म्यान युनाईटेडले गतसाता आर्सनल विरुद्ध ३-१ गोल अन्तरले पराजित हुँदै शीर्ष ४ मा रहने सम्भावना गुमाइसकेको छ।

च्याम्पियन्स लिगमा छनौट हुने गणितिय सम्भावना बाँकी राख्नका लागि पनि आजको खेल जित्नै पर्ने दबाब रहेको छ।

तर आफ्ना प्रमुख सात खेलाडीलाई सिजनको उत्तरार्द्धमा गुमाएका कारण चेल्सीविरुद्ध को खेल कठिन हुने अनुमान गर्न सकिन्छ। 

कप्तान ह्यारी मग्वायर, लुक श, वान बिसाका, काभानी संगै मिडफिल्डर पल पोग्बाले चेल्सीविरुद्ध खेल गुमाउनेछन्। 

अर्कोतिर शीर्ष चारमा लगभग आफ्नो स्थान कब्जा गरिसकेको चेल्सीका लागि सिजनको राम्रो अन्त्य गर्ने मौका रहेको छ।

तर त्यसो भनिरहँदा आर्सनल र टोटेनह्यामले चेल्सीको खराब लयको फाइदा उठाउन सक्ने छन। चेल्सी एक खेल बढी खेल्दै आर्सनल चौथो स्थानमा रहँदा स्पर्स पनि शीर्ष ४ को दौडमा होमिएको छ। 

टोलीबीचको पछिल्ला चार प्रिमियर लिग खेलको नतिजामा म्यान युनाईटेडले एक जित निकालेको छ भने बाँकी ३ खेल बराबरीमा टुङ्गिएका छन्।

युरोपेली च्याम्पियन्स लिग सँगै प्रिमियर लिगको उपाधिमा पनि बाहिरिसकेको चेल्सीका लागि लिभरपुल विरुद्धको एफए कप जित्ने अवसर रहेको छ।

सिजनको पहिलो १० खेलमा राम्रो नतिजा निकाल्दै लगातार शिर्ष स्थानमा बस्न सफल भएपनि चेल्सीले त्यस्पचात आफ्नो लय लगातार गुमाउन पुगेको थियो।

अर्को उपलब्धिको रुपमा चेल्सीलाई म्यानचेस्टर युनाईटेड विरुद्ध उसकै घरेलु मैदानमा लगातार ८ खेलको अपराजित शृंखलालाई तोड्ने मौका रहेको छ।

सिजनको रिभर्स खेलमा म्यानचेष्टर युनाइटेडले चेल्सीको घरेलु मैदानमा एक-एक गोलको बराबरी खेलेको थियो। 

चेल्सी ३२ खेलमा ६५ अंकका साथ तेस्रो स्थानमा छ भने घरेलु टोलि युनाईटेड ३४ खेलमा ५४ अंक जोड्दै छैठौं स्थानमा रहेको छ।

 

 

Leave a Reply

Next Post

जारि सिजनमा मेस्सी युरोपकै तेस्रो उत्कृस्ट खेलाडी

Thu Apr 28 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारी युरोपियन सिजनमा लियोनल मेस्सीले आफ्नो पुरानै लय देखाउन नसके पनि, युरोपमा उत्कृष्ट खेलाडीहरूको सूचीमा भने पर्न सफल भएका छन्।  पछिल्लो एकदशकमा जस्तो प्रदर्शनमा देखाउन बाट निकै टाढा रहेपनि लियोनल मेस्सीले युरोपमा हाल उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरु मध्ये तेस्रो स्थान हात पारेका छन्। फ्रेन्च महारथी पेरिस सेन्ट […]
%d bloggers like this: