प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड र लिभरपुलको महाभिडन्त

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज बेलुकी दुई प्रतिष्ठित क्लब म्यानचेस्टर युनाईटेड र लिभरपुल बीच महाभिडन्त हुँदैछ।

इङ्ल्यान्डकै सबैभन्दा सर्वाधिक सफल क्लब रहेका म्यानचेष्टर र लिभरपुल सम्भवतः इंग्लिश लिगकै सबैभन्दा पुरानो र रुचाइएको डर्बी मध्येको एक हो।

यी दुई टोलीले आपसमा ३९ पटक लिग उपाधि जितेका छन् भने ९ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि हात पारेका छन्।

म्यानचेष्टर युनाइटेडका लामो समयका व्यवस्थापक सर एलेक्स फरगुसनले अवकाश लिएपछि म्यानचेष्टर युनाइटेड पुरानै छबिमा फर्किन सकेको छैन। करिब ८ वर्ष भइसकेको छ जब म्यानचेस्टर ले पछिल्लो पटक लिग उपाधि रक्षा गरेको थियो।

अर्कोतिर जर्मन प्रशिक्षक योर्गन क्लप लिभरपुलमा आएपछि उनले यस्तो जादु गरेका छन कि २७ वर्षपछि लिभरपुलले आफ्नो पहिलो लिग उपाधि जितेको थियो भने सोही क्रममा युरोपियन च्याम्पियन बन्न पनि पछि हटेन।

एक समय एकछत्र राज गरेको म्यानचेस्टरको विरासतलाई पछाडि पार्दै लिभरपुल अहिले एकपछि अर्को खुड्किलो पार गर्दैछ। कुनै समय म्यान्चेस्टर युनाइटेडको जस्तै लिगमा दबदबा बनाएको लिभरपुल बीचमा खस्किन पुगेको थियो तर अहिले पनि फेरि आफ्नो पुराने छविमा फर्किन थालेको विश्लेषकहरु बताउँदछन्।

केही समययता म्यानचेष्टर युनाइटेड निकै खराब दौरबाट गुज्रिरहेको छ। पछिल्लो ३ सिजन यता कुनैपनि ट्रफी हात पार्न नसकेको युनाइटेड एकपछि अर्को खराब प्रदर्शन गर्दै निकै आलोचित छ। लिगमा फर्किने संकेत देखाएपनि एउटा ठोस आधार भने युनाइटेडमा देखिँदैन।

अरु क्लब विरुद्ध निकै जोसीएर प्रदर्शन गरेपनि लिभरपुलले म्यानचेष्टर युनाइटेड विरूद्ध पछिल्लो १० खेलमा भने केवल एक मात्र जित निकालेको छ। गत सिजन उसकै घरेलु मैदानमा ओल्ड ट्राफर्डमा ४-२ को नतिजा निकाल्दै आफूलाई शीर्ष चारभित्र पार्न सफल भएको लिभरपुल यसपली घरेलु लिगमा युरोपमै एकमात्र अपराजित टोली रहेको छ।

उसलाई अग्रपंक्तिका महत्वपूर्ण खेलाडी महमद साला अहिले आफ्नो जीवनकै सबैभन्दा राम्रो लयमा देखिन्छन्। साच्चै भन्ने हो भने विश्वमै सबैभन्दा उत्कृष्ट खेलाडी अहिले उनी नै रहेका छन् भन्दा फरक पर्दैन।

अर्को तिर म्यान्चेस्टर युनाइटेडमा क्रिष्टियानो रोनाल्डो फर्केपछि नयाँ उत्साह थपिएका पनि प्रदर्शनमा भने ठोस परिवर्तन आउन सकेको छैन। पछिल्ला पाँच खेलमा केवल दुइमा मात्र जीत पारेको म्यान्चेस्टरको टोली लिभरपुललाई हराउँदै लिगमा नयाँ अध्याय सुरु गर्न चाहन्छ भने उसलाई लिग जित्नबाट जोगाउने अभियानमा रहनेछ।

व्यवस्थापक ओले गनर सोल्सायर उनलाई दबाब पारेको बेला जस्तोसुकै खेलमा पनि नतिजा उल्ट्याउने क्षमता राख्दछन्। त्यसैकारण पनि लगातार खराब प्रदर्शन गरेर नयाँ व्यवस्थापक ल्याउने हल्ला चलिरहेको म्यानचेस्टरमा उनले आज लिभरपुल विरुद्ध के कस्तो जादु चलाउन सक्छन् त्यो त हेर्न बाँकी नै छ।

खेल म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफर्डमा बेलुकी ९:१५ मा सुरु हुनेछ।

Leave a Reply

Next Post

टरेन म्यानचेस्टर युनाईटेडको दशा, लिभरपुलले घरमै दियो दनक

Sun Oct 24 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङलिस प्रिमियर लिग अंतर्गत आइतबार बेलुकी भएको डर्बी खेलमा म्यानचेष्टर युनाइटेडलाई लिभरपुलले नमिठो हार चखाएको छ। म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा ५-० गोलले हराउदै म्यान्चेस्टरको हालैको खराब फर्ममा अर्को चोट दिएको छ। खेलको पहिलो मिनेट देखिने म्यानचेस्टर लाई दवावमा राखेको पाहुना टोलीले कमजोर रक्षात्मक […]
%d bloggers like this: