हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज राति दुई ठूला क्लब आर्सनल र लिभरपुल आपसमा भिड्दै छन्।
झण्डै दुई साताको अन्तराष्ट्रिय ब्रेकपछि शुक्रबारदेखि पुनः युरोप का लिगहरु सुरु भएका छन् सोही अन्तर्गत आज साँझबाट प्रिमियर लिगका खेलहरु सुचारु हुनेछन्।
लिगको १२ औं चरणको खेल अन्तर्गत चौथो स्थानमा रहेको लिभरपुलले पाँचौ स्थानमा रहेको आर्सनललाई घरेलु मैदान एनफिल्डमा आतिथ्यता गर्दैछ।
प्रिमियर लिगमा सुरुवाती ३ खेलमा हार बेहोरेको आर्सनलको टोलि त्यसपश्चात भने लगातार अपराजित रहँदै आएको छ।
पछिल्ला पाँच खेलमा लगातार ३ जित निकालेको आर्सनल टोली निकै फर्ममा देखिन्छ भने लिभरपुलले अन्तरास्ट्रिय ब्रेक अघी वेस्ट ह्याम विरुद्धको खेल २-१ ले गुमाएको थियो।
तर आर्सनललाई लिभरपुल विरुद्धको खेल भने सजिलो हुने छैन। लिभरपुलले प्रिमियर लिगका अन्तिम पाँच घरेलु खेलहरू आर्सनल विरुद्ध जितेको छ भने प्रत्येक पटक कम्तिमा तीन गोल गरेको छ। निकै दबाबमा राखेको आर्सनल विरुद्ध लिभरपुलको पछिल्ला ५ खेल हरुको कुल स्कोर १८-४ रहेको छ।
आर्सनलको छैटौं हारले प्रिमियर लिगको एउटै मैदानमा लगातार पराजयको क्लब रेकर्ड बराबर हुनेछ। गनर्सले म्यान सिटिको एतिहाडमा विगतका ६ खेल गुमाएको छ।
तर आर्सनल विरुद्धको बराबरी अथवा हारले भने लिभरपुललाई उपाधि होडबाट टाढा राख्न सक्नेछ। समान ११ खेलबाट ४ अंक बढी जोडेको शिर्ष स्थानको चेल्सी संग दुरी बढ्दै जान सक्ने भएकाले लिभरपुल आज सतप्रतिशत जितको खोजीमा रहनेछ।
प्रारम्भिक टोलिको समाचारमा : लिभरपुलका जोर्डन हेन्डरसन र एन्डी रोबर्टसन अन्तर्राष्ट्रिय ड्युटीमा चोट लागे पनि खेल्ने सम्भावना छ।
साडियो माने फिट छन् र फाबिन्हो पनि खेल्ने अपेक्षा गरिएको छ तर रोबर्टो फिर्मिनो, जेम्स मिल्नर, नाबी केइटा, कर्टिस जोन्स र जो गोमेज बाहिर छन्।
आर्सनलका मिडफिल्डर थोमस पार्टे मांसपेशी समस्याका कारण वाटफोर्ड माथिको जित गुमाए पछि भने उपलब्ध छन्।
सीड कोलासिनाक खुट्टाको चोटका कारण मैदान बाहिर रहेका छन्।