हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। गए राति भएको प्रिमियर लिग अन्तर्गतको आ-आफ्नो ३५औ खेलमा चेल्सीले पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटिलाइ २-१को गोलान्तरले पराजित गरेको छ।
पहिलो हाफमै १-० गोलले पछाडी परेको चेल्सीले ६३औ मिनेटमा गोल गर्दै खेललाइ बराबरीको स्थितिमा ल्याएको थियो भने ९०+२’ मिनेटमा अलोंसोले उत्कृष्ट गोल गर्दा खेलमा चेल्सी बिजयी हुन पुगेको हो।
जित संगै चेल्सी अहिले अंक तालिकाको तेस्रो स्थानमा उकलिएको छ भने म्यानचेस्टर सिटि पहिलो स्थानमा अथावत नै छ। सिटीका लागि ४४ औ मिनेटमा रहिम स्टर्लिङ्गले गोल गरेका थिए भने चेल्सीका तर्फबाट ६३औ मिनेटमा हाकिम जियेच र ९०+२ मिनेटमा अलोंसोले गोल गरेका थिए। सर्गियो अग्येरोले पहिलो हाफमा पाएको पेनाल्टी मिस गर्दा, राम्रो मौका सिटिले गुमाएको थियो ।