प्रिमियर लिग : लुकाकु उत्कृष्ट हुदा, चेल्सीद्वारा आर्सनल पराजित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पहिलो खेलमा सहज जित निकालेको चेल्सीले गएराती भएको दोस्रो खेलमा आर्सनललाइ पराजित गर्दै छ।

प्रिमियर लिगको ऐतिहासिक रकममा लुकाकु भित्र्याएको चेल्सीका लागि, रोमेलुले १५ औ मिनेटमा पहिलो अग्रता दिलाए।

१५ औ मिनेटमा रिस जेम्सको एसिस्टलाइ उत्कृष्ट ढंगले प्रहार गर्दै लुकाकुले गोल गरेका थिए।

खेलको सुरुवाती समयमै अग्रता लिएको चेल्सीका लागि रिस जेम्सले ३५ औ मिनेटमा अर्को गोल गर्दै अग्रतालाइ दोब्बर पारेका थिए।

लुकाकुलाइ फल गरेपछि, एड्भाण्टेज अन्तर्गत खेलाइएको अवस्थामा मेसन माउण्टले बल पाए, जेम्सलाइ राम्रो ठाउमा देखेका माउण्टले आवश्यक पास प्रदान गर्दा, रिस जेम्सले आफ्नो मौकालाइ गोलमा परिणत गरे।

दोस्रो हाफमा दुवै तर्फवाट लगातार प्रहारहरु भए। ५२ औ मिनेटमा बुकायो साकाको प्रयासलाई असफल पार्ने क्रममा मेंडीले राम्रो बचाउ गरेका थिए।

५९ औ मिनेटमा आर्सनलका लागि अर्को सुनौलो मौका थियो, होल्डिङ्गसंग स्कोर गर्ने उत्कृष्ट मौका रहदा, गतिलो हेडिङ्ग प्रहार गर्ने सकेनन र अर्को मौका गुम्न पुग्यो।

७७ औ मिनेटमा लुकाकुले आफ्नो दोस्रो गोल गर्ने मौका पाएका थिए र राम्रो प्रयास पनि गरे तर लेनोको शानदार बचाउले गोल हुन सकेन।

धेरै प्रयास भए पनि दोस्रो हाफमा दुवै पक्षबाट कुनै गोल हुन सकेन र खेल चेल्सी तर्फको २-० को अग्रतामा सकियो।

प्रिमियर लिगको लगातार दोस्रो जित हासिल गरेको चेल्सी अहिले अंक तालिकाको शिर्ष स्थानमा रहेको छ। इमिरेट्समा आर्सनलको सामना गरेको चेल्सीले २-० को चित्तबुझ्दो जित हासिल गर्यो। र आर्सनलले भने लिगको दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा ब्रेण्ट्फ़र्ड संग २-० को हार बेहोरेको आर्सनलले आजको खेलमापनि २-० कै हार बेहोरेको हो।

Leave a Reply

Next Post

च्याम्पियन्स लिग ड्र भर्खरै सम्पन्न, बायर्न म्युनिख र बार्सिलोना एउटै समुहमा!

Thu Aug 26 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपकै प्रतिष्ठित क्लब फूटबल प्रतियोगिता च्याम्पियन्स लिगको ६७औ संस्करणको ड्र भर्खरै सार्बजनिक भएको छ। अघिल्लो सिजनको च्याम्पियन्स लिग बिजेता चेल्सी समूह “एच” मा युभेन्टस संग रहेको छ भने, युरोपा लिग जितेर च्याम्पीयन्स लिगमा ठाउँ बनाएको भिल्लारियाल र उपबिजेता म्यानचेस्टर युनाएटेड समूह “एफ़” मा रहेका छन्। गत […]
%d bloggers like this: