प्रिसिजन : रेडबुल साल्ज्बर्ग बिरुद्दको खेलमा बार्सिलोना पराजित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ | गए राति भएको रेड बुल साल्ज्बर्ग र बार्सिलोनाबिचको खेलमा साल्ज्बर्ग २-१ को गोलान्तरले बिजयी भएको छ।

नया अनुबन्धनका खेलाडी मेम्फिस डिपेसंगै ग्रिजमेन, डी यांग, गभिरा, बस्केट्स, गोन्जालेज, अल्बा, लेंग्लेट, अरौजो, डेस्ट र किपरमा नेटो सहित मैदान उत्रिएको बार्सिलोनाले ४३औ मिनेटमा नै आफुलाई १-० गोलले पछाडी पाएको हो।

क्रोएसियाका १८ बर्षे सुकीकले उत्कृष्ट प्रहार गर्दै घरेलु टोलिलाइ पहिलो अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिन सफल साल्ज्बर्गले आफ्नो खेल्ने तरिकालाइ उस्तै राख्यो भने बार्सिलोनाले दोस्रो हाफबाट आक्रामक रुप अपनाएको थियो।

दोस्रो हाफको केहि अन्तराल पछि मेम्फिस डिपे र डेस्ट अनि किपर नेटो बाहेक सबैलाई परिवर्तन गरियो। ६३ औ मिनेटमा मैदान छिरेका ब्रेथवाइटले सुरुवात बाटै राम्रो लय देखाएका थिए।

सोहि क्रममा ८२औ मिनेटमा बराबरीका गोल गरेका थिए। ब्रेथवाइटको गोल पछि अग्रता लिने सोच बनाएर अघि बढेको बार्सिलोना ८९ औ मिनेटमा फेरी पछाडी पर्न पुग्यो।

४६ औ मिनेटमा मैदान प्रवेश गरेका आरोन्सनले गोल गर्दै साल्जबर्गको जित निश्चित गरेका थिए। बार्सिलोनालाइ हराउने क्रममा साल्जबर्गका लागि सुरुवात गर्ने  : मन्ट (किपर), लुडेविग, ओङ्गुएने, वोबेर, अल्मर, सुकीक, कपल्दो, बर्नेड़े, कमारा, ओकाफ़ोर, अदेयेमी रहेका थिए।

बार्सिलोनालले प्रिसिजन अनतर्गत अगस्ट ९ तारिकमा  नेपाली समय बेलुकी १:१५ बजे युभेन्टसको सामना गर्ने छ। लायानल मेस्सीले बार्सिलोनाको प्रस्ताब स्वीकार्दै अबको केहि समयमा आफ्नो कनट्राक्टको रिनिवल गर्ने छन।

रिनिवल गेम्पर ट्रफीको खेल अगाडी नै भएको खण्डमा उनले पनि सहभागिता जनाउने छन्।

बार्सिलोनाले केहि महत्वपुर्ण सदस्यहरु आफ्नो टोलिमा जोडेता पनि, मेस्सीको क्लबमै रहने आवस्यकतालाइ प्राथमिकता दिएको छ। यस बर्षबाट सकिएको सम्झौतालाइ नया मोड दिन दुवै पक्ष तयार देखिए पनि केहि टेक्निकल कुराहरु मिल्न बाकी रहेको कुरा आएको छ ।

मेम्फिस डिपे, सर्जियो कुन अग्वेरोजस्ता एटेकिङ्ग खेलाडीहरुलाई आफ्नो टोलिमा भित्र्याए संगै बार्सिलोना बलियो देखिएको छ।

Leave a Reply

Next Post

आफ्ना पूर्व स्ट्राइकरलाइ १३० मिलियनमा भित्र्याउने तयारी गर्दै चेल्सी !!

Thu Aug 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । युरोपियन च्याम्पियन चेल्सी यसपटक नयाँ स्ट्राइकर भित्र्याउनका लागि जोडतोडले मार्केटमा प्रस्तुत भएको छ। अघिल्लो सिजन चेल्सीमा आएका स्ट्राइकर टिमो वेर्नरले खासै कमाल देखाउन नसकेपछि चेल्सी नयाँ स्ट्राईकरको खोजीमा लागिपरेको हो। आफ्ना अर्का फरवार्ड ओलिभियर जीरुड एसी मिलान गइसकेको अवस्थामा चेल्सीले एकजना नयाँ फरवार्ड किन्नै पर्ने […]
%d bloggers like this: