प्रेमिका कुटेका ग्रीनवुड अझै प्रहरीकै निगरानीमा रहने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बलात्कार, आक्रमण र ज्यान मार्ने धम्कीको आरोपमा पक्राउ परेका युनाइटेडका फरवार्ड ग्रीनवुड अझै प्रहरीको निगरानीमा रहने भएका छन्।

यस सप्ताह पश्चात उनको सर्त सहितको जमानत अझै लम्बिने भएको छ जसका कारण उनि जुन मध्यसम्म जमानतमा रहनेछन्।

सामाजिक सञ्जालमा आरोप लागेपछि, २० वर्षीय युवा खेलाडी ग्रिनवुडलाई ग्रेटर म्यानचेस्टर पुलिसले जनवरी ३० मा पक्राउ गरेको थियो।

सोधपुछ र आवश्यक कारवाही पश्चात ग्रीनवुडलाई सशर्त जमानतमा रिहा गरिएको थियो, जसको म्याद अब सकिन लागेको छ।

यद्यपि, म्यानचेस्टर पुलिसले भने ग्रीनवुडको जमानत विस्तारको लागि निवेदन दिइएको कुरा शुक्रबार पुष्टि गरेको छ।

“हामीमाझ आइतवार जनवरी ३० मा एक महिलाले शारीरिक हिंसाका घटनाहरू रिपोर्ट गरेकी थिइन्। सामाजिक सञ्जालमा प्रकाशित उक्त फोटो र भिडियोहरू पोस्ट गरेको रिपोर्टको अनुसन्धान गर्न जारी राखेका छौं,” पुलिसले विज्ञप्तिमा भनेको छ।

“बलात्कार, ज्यान मार्ने धम्की र आक्रमणको आशंकामा त्यस दिन एक २० वर्षीय पुरुष पक्राउ परेका थिए उनि अझै जमानतमा रहनेछन।

“अदालतमा उनको जमानत शनिबार अप्रिल ३० भन्दा बढि बढाउनको लागि निवेदन गरिएको छ, तर सुनुवाई जूनको मध्य सम्म हुने अपेक्षा गरिएको छैन।

“अदालतको सुनुवाइको मितिसम्म संदिग्ध व्यक्ति सशर्त जमानतमा रहनेछन।”

“त्यो सुनुवाइको नतिजामा कुनै पनि अपडेट- वा त्यसअघि समाचारहरू ग्रेटर म्यानचेस्टर प्रेस कार्यालयद्वारा सक्रिय रूपमा जारी गरिनेछ।”

उक्त आरोप पश्चात ग्रीनवुडलाई युनाइटेडसँग खेल्न वा प्रशिक्षणबाट केही घण्टामै निलम्बन गरिएको थियो जसका कारण उनि अहीले टोलि बिहिन रहेका छन्।

इंग्लिस फुटबलमा उदाउँदो ताराको रुपमा ख्याती कमाएका उनि, त्यसपस्चातको घटनाले विक्षिप्त छन् भने उनको खेल करियर झन्डै समाप्तिको बिन्दुमा पुगेको छ।

रेड डेभिल्सले मैदानमा संघर्ष गरिरहदा उनको अभाब भने अवश्य महसुस गरेको छ। १७ बर्षको उमेरमा डेब्यु गरेका मेसनले युनाईटेडका लागि ३५ गोल गरिसकेका छन्।

Leave a Reply

Next Post

७ नम्बरको साख जोगाउन आफैँ आईपुग्नु पर्यो

Sat Apr 30 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिष्टियानोले म्यान्चेष्टर युनाइटेडमा सन् २००३ देखि ६ वर्षको बसाइमा ७ नम्बर जर्सीमा तहल्का मच्चाए। सन् २००९ मा विश्वकै सबैभन्दा महंगा फुटबलर बन्दै क्रिष्टियानो रोनाल्डो रियल मड्रिड पुगेका थिए।  म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी तथा खेल विश्लेषकहरुले त्यसबखत देखिनै म्यान्चेस्टर युनाइटेडको पतनको सिलसिला सुरु भएको विश्वास गर्दछन्। रोनाल्डोले क्लब […]
%d bloggers like this: