हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | प्रेस बिज्ञप्तीमा रोनाल्डोको ब्यबहारका कारण कोका कोलालाइ चार बिलियन डोलरको नोक्सान ।
युरो कप २०२० अन्तर्गत पहिलो खेल अघिको प्रेस मिटमा रोनाल्डोले कार्यक्रम सुरु हुनु अघि कोकको बटललाई बटुलेर साइडमा राख्दै पानी देखाएर , क्यामेर अगाडि पानी मात्रै राखेका थिए। यो व्यवहार कुनै ठोस कारणले गरिएको हो, होइन भन्ने कुराको जानकारी भने थाहा भएको छैन ।
कोकाकोलाको बटल हटाउने क्रममा उनले पोर्चुगिज भाषामा “एक्वा” पनि भनेका थिए। सो कुराले कोक हैन पानी खाउ भन्ने कुरा प्रष्ट्याउन खोजेको छ।
रोनाल्डोले आफुलाइ तन्दुरुस्त र स्वास्थ राख्न कुनै पनि कसर छोड्ने गरेका छैन। उनिले आफ्नै छोरालाइ पनि कोक, पेप्सीबाट बन्चित पार्ने गरेका छन । संसारलाइ गलत आश्वासन अथवा सल्लाह नदिन, उनले यो व्यबहार गर्न सकेका हुन्छन।
रोनाल्डोको सो व्यबहारको केही समय पश्चात् कोकाकोलाको स्टक्समा गिरावट आएको छ। ५६.१ डलरमा चलिरहेको कोकको स्टक ५५.२२ डलर पुगेको छ। २४२ बिलियनको मार्केट मूल्य भएको कोकाकोलाको मार्केट मूल्य ४ बिलियन डलरले घट्दै २३८ बिलियन डलर पुगेको हो।