फाप्ला अन्तरास्ट्रिय क्रिकेट मैदानका लागि जग्गा उपलब्ध हुने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणले अन्ततः आफ्नो स्वरूप पाउने भएको छ।

ड्रिम पोरोजेक्टको रुपमा रहेको यो परियोजना जग्गा उपलब्ध नहुँदा अलपत्र रहेको थियो।

तर अब रंगशालाका लागि संघीय सरकारले जग्गा उपलब्ध गराउने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले फाप्ला अन्तराष्ट्रिय रंगशालालाई ३८ बिगाहा जग्गा उपलब्ध गराएको हो।

माघ १० गतेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार पारित भएको  क्रिकेट मैदानका अभियन्ता सुवाश शाही शाहीले जानकारी दिए।

‘हामीले ७ वर्षको संघर्षपछि यो जग्गालाई फाप्ला मैदानको बनाउन सक्यौं । सपना पूरा भएको छ।

यसलाई निर्माण गर्नुनै मुख्य चुनौती हो ,’ उनले भने,‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेल ग्राम विकास समिति छुट्टै गठन गरेर निर्माणको प्रक्रियामा अघि बढाउने निर्णय भएको छ।’

त्यसैमा उनले थपे, यसको एउटा समिति बन्छ । त्यसपछि काम हुन्छ । यो राष्ट्रिय प्राथमिकताका साथ योजनामा परेको छ।

क्रिकेटको शहर मानिने धनगढीस्थित फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान सुरु भएको करिब ८ वर्ष पूरा भईसकेको छ ।

फाप्लाकै लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट बजेट समेत विनियोजन हुँदै आईरहेको थियो ।

तर, जग्गा विवादको कारण रंगशाला निर्माणको काम अघि बढ्न सकेको थिएन । सरकारबाट जग्गा उपलब्ध भएपछि रंगशाला निर्माण कार्यले तीव्रता पाउने भएको छ ।

सन् २०१५ को फेब्रुअरी घोषित ड्रिम फाप्ला (फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान) अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनासहित ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने उद्देश्यका साथ थालनी भएको थियो ।

Leave a Reply

Next Post

इन्स्टाग्राममा ४०० मिलियन फलोवर्स हुने रोनाल्डो पहिलो व्यक्ति

Mon Feb 7 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गोल गर्ने रेकर्डमा मात्र हैन सामाजिक संजालमा पनि फुटबलका महान हस्ती क्रिस्टियानो रोनाल्डोले एक पछि अर्को रेकर्ड राख्न सफल भइरहेका छन्। पुरुष तर्फ राष्ट्रिय टोलीमा तथा च्याम्पियन्स लिगमा सर्बाधिक गोलगर्ता रहेका रोनाल्डोले सामाजिक संजालमा पनि त्यतिनै प्रभाब जनाएका छन्। यसैबीच म्यानचेस्टर युनाईटेडका ३७ बर्षीय फरवार्ड क्रिस्टियानो […]
%d bloggers like this: