फिफा बर्ष खेलाडीको लागि अन्तिम सुची सार्बजनिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फिफाले यस बर्षको उत्कृस्ट खेलाडीका लागि मनोनयनमा परेका अन्तिम खेलाडीहरुको नामावली निकालेको छ।

सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्की सहित ११ जना परेका छन् ।

मनोनयनमा लेवान्डोस्कीसँगै लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, क्रिस्टियानो रोनाल्डो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन्।

महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन्।

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ। फिफाले यसपटक पुरुष र महिला तर्फ गरेर दुई विधामा उत्कृस्ट गोलकिपर पनि छनौट गर्ने भएको छ।

फिफा बर्ष पुरुष खेलाडीको अन्तिम नामावली:

लियोनेल मेस्सी (अर्जेन्टिना/बार्सिलोना/पीएसजी), नेयमार (ब्राजिल/पीएसजी), एर्लिङ हालान्ड (नर्वे/बोरुसिया डर्टमुन्ड), जर्गिन्हो (इटाली/चेल्सी), एङ्गोलो कान्टे (फ्रान्स/चेल्सी), केलियन एमबाप्पे (फ्रान्स/पीएसजी) र मोहम्मद सलाह (इजिप्ट/लिभरपुल),करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड), केभिन डि ब्रुएन (बेल्जियम/म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल/युभेन्ट्स/म्यानचेस्टर युनाइटेड), रोबर्ट लेवान्डोस्की (पोल्यान्ड/बायर्न म्युनिख)

फिफा बर्ष महिला खेलाडीको अन्तिम नामावली:

स्टिना ब्ल्याकस्टेनिअस (स्वीडेन/विके हाकेन), एइटाना बोनमाटी (स्पेन/बार्सिलोना), लुसी ब्रोन्ज (इंग्ल्यान्ड/म्यानचेस्टर सिटी), मागडालेना इरिक्सन (स्वीडेन/चेल्सी), क्यारोलिन ग्राहम हानसेन (नर्वे/बार्सिलोना), पर्निल हार्डर (डेनमार्क/चेल्सी), जेनिफर हर्माेसो (स्पेन/बार्सिलोना)
जि सु युन (कोरिया रि पब्लिक/चेल्सी), साम खेर (अष्ट्रेलिया/चेल्सी), भिभिएन मिडेमा (नेदरल्यान्ड्स/आर्सनल), एलेन ह्वाइट (इंग्ल्यान्ड/म्यानचेस्टर सिटी), एलेक्सा पुटेलास (स्पेन/बार्सिलोना) रक्रिस्टिन सिनक्लेर (क्यानडा/पोर्टल्यान्ड थोरनस)

उत्कृस्ट गोलकिपर: पुरुष

एलिसन बेकर (ब्राजिल/लिभरपुल), जियानलुइजी डोन्नररुम्मा (इटाली/पीएसजी), इडुआर्ड मेन्डी (सेनेगल/चेल्सी), म्यानुयल नुयर (जर्मनी/बायर्न म्युनिख) र कास्पर स्माइकल (डेनमार्क/लेस्टर सिटी)

उत्कृस्ट गोलकिपर: महिला

एन कार्टिन वर्गर (जर्मनी/चेल्सी), क्रिस्टियन इन्डलेर (चिली/पीएसी/ओलम्पिक लियोन), स्टेफानी लिन मारी लावी (क्यानडा/रोसेनगार्ड पीएसजी), हेडभिग लिन्डाल (स्वीडेन/एट्लेटिको म्याड्रिड) रएलेसा नाइहेर (अमेरिका/सिकागो रेड स्टार)

– एजेन्सीको सहयोगमा

Leave a Reply

Next Post

घरेलु लिगमा खेलाडीहरुको प्रदर्शनलाई लिएर प्रशिक्षक अल्मुताईरी सन्तुष्ट!

Tue Nov 23 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जारि लिगमा खेलाडीहरुको प्रदर्शनलाई लिएर सन्तोषजनक प्रतिक्रिया दिएका छन् मंसिर ३ गतेबाट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेको कुरा उनले सामाजिक सञ्जाल मार्फत जनाएका थिए। संगै उनले खेलाडीहरुले आफ्नो कौशलता देखाउन अझै बाकीं रहेको […]
%d bloggers like this: