फिफा वरियतामा नेपालको स्थान सुधार

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियता क्रममा नेपालको दुई स्थान सुधार भएको छ।

अघिल्लो महिना १ सय ६९ औं स्थानमा रहेको नेपाल पछिल्लो वरियतामा १ सय ६७ औं स्थानमा उक्लिएको छ।

यसै महिना अफ्रिकन टोलि मौरिसियस विरुद्ध घरेलु मैदान दशरथ रंगशालामा भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपालले जितेको थियो।

दुवै अन्तरास्ट्रिय खेलमा जित हात पारेपछि नेपाल वरियतामा माथि उक्लिएको हो।

दुई जित पश्चात फिफा टेबलमा १० अंक जोडेको नेपालले दुई स्थान फड्को मार्न सफल भएको छ।

दक्षिण एसियामा सबैभन्दा माथि रहेको भारतको फिफा वरियता १०४ औ स्थानमा रहेको छ।

नेपाल भन्दा दुई स्थान माथि पपुवा न्युगिनी र भनाउतु छन् भने दुई स्थान तल दक्षिण सुडान र ग्रेनाडा रहेका छन्।

त्यस्तै माल्दिभ्स एक सय ५७ औं, भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८६ औं, पाकिस्तान १ सय ९७ औं र श्रीलंका २ सय चौथो स्थानमा रहेको छ ।

अन्य वरियतामा बेल्जियम शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ। त्यसैगरी अर्जेन्टिना चौथो, इग्ल्यान्ड पाँचौं, इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दसौं स्थानमा छन।

Leave a Reply

Next Post

अनन्त तामांगले इस्ट बंगालबाट आईएसएल खेल्ने

Fri Feb 11 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| राष्ट्रिय फुटबल टोलीका २४ बर्षीय डिफेन्डर अनन्त तामाङले क्लब स्पोर्टिङ क्लब इस्ट बंगाल बाट आईएसएल खेल्ने भएका छन्। यस संगै आईएसएलमा सहभगिता जनाउने, अनन्त पहिलो नेपाली खेलाडी भएका छन्। अनन्तले सिजनको अन्त्यसम्मका लागि छोटो सम्झौता गरेको बुझिएको छ। जारि आईएसएलसिजनको अन्त्य तिर अनन्तले बंगलबाट खेल्ने भएका […]
%d bloggers like this: