हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका सर्वाधिक महंगो खेलाडी मध्येका एक रहेका कुटीन्होले एस्टन भिल्ला संग अनुबन्ध गर्ने भएका छन्।
बार्सिलोनाबाट हाल लोनमा एस्टन भिल्लामा रहेका उनले अबको आफ्नो यात्रा पुनः बेलायतमै फर्काउन चाहेका छन्।
सबैभन्दा महंगा फ्लप मध्ये गनिएका ब्राजिलियन खेलाडीले बार्सिलोनामा आफ्नो प्रभुत्व जमाउन सकेनन्।
जर्मन क्लव बायर्न म्युनिखमा लोनमा गएर च्याम्पियन्स लिग जितेका फिलिपेले, लोन पश्चात हुन बार्सिलोनामा फर्किए तापनि आफ्नो कमाल देखाउन सकेनन्।
लगातारको खराब प्रदर्शन पश्चात इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला पुगेका उनले आफ्नो पुरानो लयलाई देखाउन सुरु गरेका छन्।
भिल्लाको साथमा निकै लामो समय पश्चात उनले एक सफल सिजनको मजा लिईरहेका छन् र यो कदम स्थायी हुने अन्तिम चरणमा पुगेको छ।
लिभरपुलका पूर्व टोली साथी स्टिभन जेरार्डसँग पुनर्मिलन भएको छ, जो अहिले भिल्लामा उनको प्रशिक्षक छन्।
उनकै नेतृत्वमा ब्राजिलियन खेलाडी कुटिनहोले बार्सिलोनामा झन्डै ३ सिजनको खराब स्पेल पछि अहिले आत्मविश्वास पुन: प्राप्त गरेका छन्।
बार्सिलोना र एस्टन भिल्ला निश्चित र अन्य एड अन भुक्तानीहरू सहित लगभग २० मिलियन यूरोको अंकमा खेलाडीको बिक्रीको लागि सम्झौतामा पुग्न धेरै नजिक छन्।
दुई क्लब पछिल्ला दिनमा नजिक आएका छन् भने सहमति नजिकै छ। प्रशिक्षक तथा पुर्ब खेलाडी जेरार्ड संगको मित्रता यस सम्झौताको लागि मुख्य कारक मानिएको छ।
बार्सिलोनाले जनवरीमा उनलाई इंग्ल्यान्ड पठाउँदा सुरुवातमा ४० मिलियन युरो को प्रस्ताव गरेको थियो।
तर अहिले उक्त रकम आधा घटेको छ भने आफ्नो चरम आर्थिक संकटबाट उठ्न बार्सिलोना अझै थुप्रै खेलाडीहरु बेच्न चाहन्छ।