फुटबलका महँगा फ्लप ट्रान्सफर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आधुनिक फुटबलमा क्लवहरुको सफलतामा खेलाडीहरुको स्तरले ठूलो फरक पार्ने गर्दछ। 

राम्रा खेलाडीले ठूला क्लबहरु सँग खेल्ने सपना बुनेका पनि हुन्छन्।  

त्यसैकारण पनि सफल बन्नका लागि क्लबहरुले खेलाडीमाथि निकै ठूलो लगानी गर्ने गरेका छन्। त्यस मध्ये थोरैले मात्र आफ्नो सपनामा सफलता पाउने गरेका छन्। 

खेलाडीहरूको क्षमता जति धेरै भयो त्यतिनै बढी पैसा तिर्नुपर्ने हुन्छ।  

खेलाडी भित्र्याउने प्रक्रियामा एउटा क्लवले विभिन्न दृष्टिकोणबाट उक्त खेलाडीमाथि अनुसन्धान र खोज गरेपनि कहिले काहीँ अवस्था बदलिन्छ।

ठूला क्लबहरुमा ठूलो लगानीबाट भित्रिएका खेलाडीहरु एकाएक गुमनाम हुन पुग्छन् र खेलाडीहरु आफ्नो मूल्य अनुसारको प्रदर्शन गर्न असक्षम बन्दछन्। 

आज हामी त्यस्तै ठूलो लगानी तर थोरै प्रभाव पारेका केहि खेलाडीहरूको बारेमा चर्चा गर्नेछौ: 

फिलिपे कुटिन्हो: लिभरपुलबाट सन् २०१८ मा किर्तिमानी १४५ मिलियन युरोमा बार्सिलोना भित्रिएका ब्राजिलियन खेलाडी कुटिनहोले आफ्नो क्षमताअनुसारको खेल प्रस्तुत गर्न सकेनन्। 

बार्सिलोना आफैंमा पनि संकटका कारण व्यवस्थापकीय कमजोरीमा चुक्ता उनीजस्ता होनहार खेलाडी बाट लिन सक्नुपर्ने फाइदा लिन सकेन। बायर्न म्युनिखमा लोन अवधिमा उनले च्याम्पियन्स लिग जित्ने धोको पुरा गरेका थिए। 

एन्टोनी ग्रिज्म्यान : बार्सिलोनाले निकै चर्को रकम तिरेर भित्राएको अर्का खेलाडी हुन् फ्रान्सेली स्ट्राइकर ग्रिजम्यान।

एटलेटीको मड्रिडबाट सन् २०१९ मा १२० मिलियन युरोमा बार्सा भित्रिए पश्चात जस्तो अपेक्षा गरिएको थियो उनले अपेक्षा पुरा गर्न सकेनन्।

एडेन हजार्ड: चेल्सीमा रहँदा प्रिमियर लिगकै होनहार प्रतिभा मध्येका एक रहेका हाजार्ड, कीर्तिमानी सय मिलियनमा रियल भित्रिए पश्चात चोटका कारण निकै संघर्ष गरिरहेका छन्। 

अहिलेसम्म रियल मड्रिडका लागि एउटा पुरा सिजन खेल्न नसकेका एडेनलाई पनि चर्को मुल्यमा फ्लप भन्न मिल्छ। 

पल पोग्बा: इटालियन क्लब युभेन्टसबाट १०५ मिलियन युरोमा म्यानचेष्टर युनाइटेडले भित्रिएका मिडफिल्डर पोग्बाले युनाईटेडमा आफ्नो मूल्य अनुसारको एकाग्रता देखाउन सकेका छैनन्। 

बरु उनको भन्दा आधा पैसामा भित्रिएका ब्रुनो फर्नान्देसले म्यानचेष्टर युनाइटेडमा तुरुन्तै आफ्नो प्रभाब देखाएका छन्। 

जोआओ फेलिक्स: बेन्फिकाबाट वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते पश्चात किर्तिमानी १२६ मिलियनमा यसलाई एटलेतिको भित्रिएका फेलिक्सले पुरानो लय भेट्टाउन सकिरहेका छैनन्। बेन्फिकामा एकै सिजनमा २० गोल गर्न भ्याएका फेलिक्सले एटलेटीकोको जर्सीमा ३ सिजन खेलिसक्दा केवल ३० गोल गर्न भ्याएका छन्। 

ह्यारी मग्वायर: लेस्टर सिटीबाट किर्तिमानी ८७ मिलियन युरोमा विश्वकै सर्वाधिक महंगा डिफेन्डर बनेर म्यानचेष्टर युनाइटेडले भित्रिएका मग्वायरले खासै राम्रो प्रभाव देखाउन सकेका छैनन्। 

उनको आगमन पश्चात युनाइटेड रक्षात्मक खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएपनि हालका सिजनमा भने टोलीमा कमजोरीको रुपमा हेर्ने गरिएको छ।

 

Leave a Reply

Next Post

एसियन कप छनौटमा राम्रो प्रदर्शन गर्ने बिशाल राईको विश्वास

Mon Apr 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउदो एसियन कप छनौटमा नेपालले समूह चरणमा राम्रो प्रदर्शन गर्दै राम्रो नतिजा निकाल्न प्रयास गर्ने विशाल राईले बताएका छन्।  प्रशिक्षक अब्दुलाह अल्मुताईरीले केही समय अगाडी नेपाल छनौट चरणमा पार्न सक्दैन भन्ने अभिव्यक्ति दिएपछि समाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।  त्यसलगत्तै फुटबल प्रशिक्षक अब्दुल्लाले प्रेसमिटमा पनि खेलाडीहरुलाई लामो […]
Nepal will face Jordan in the AFC Qualifier 2023
%d bloggers like this: