काठमाडौँ: अब्दुल्ला अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षकबाट राजीना दिने घोषणा गरेका छन् ।
आइतबार उनले फेसबुकमार्फत् उक्त जानकारी दिएका छन् । उनका अनुसार एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको जानकारी दिए।
प्रिय नेपाली फ्यान … म राजीनामा गर्न एन्फा जाँदैछु। र वरिष्ठ उपाध्यक्षको कारणले गर्दा मँ राजीनामा गर्दै छु , पछिल्लो तीन हप्तामा उसले मेरो बारेमा नाटक गरेका छन्, आशा छ तपाई पंकज विक्रम नेम्वाङअहिले खुसी हुनुहुन्छ। “
गत चैतमा उनले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी समालेको थियो।