हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड गएपछि फुटबल बाट सर्बाधिक कमाउने खेलाडीको शीर्ष स्थानमा पीएसजीका लियोनल मेस्सीलाई उछिनेका छन्।
पोर्चुगलका सुपरस्टारले यस सिजन ९१.५ मिलियन पाउण्ड कमाउने छन्, जुन मेस्सी को भन्दा १० मिलियन पाउण्ड बढी हो।
यसले रोनाल्डोलाई फोर्ब्सको सबैभन्दा धेरै कमाउने फुटबलरको सूचीमा पहिलो नम्बरमा राखेको छ।
म्यानचेस्टर युनाइटेडमा फर्किएपछि रोनाल्डोले ५१.२५ मिलियन पाउण्ड तलब र प्रदर्शन सम्बन्धी बोनस पाउन सक्नेछन्।
मेस्सीले आफ्नो पीएसजी अनुबन्धबाट बार्षिक करिब ५५ मिलियन पाउण्ड पाउनेछन्।
तर रोनाल्डो प्रायोजन बाट आउने रकमको सन्दर्भमा लियो मेस्सी भन्दा निकै अगाडि रहेका छन् ।
मेस्सीको £ २५ मिलियनको तुलनामा हरेक बर्ष रोनाल्डोले ४० मिलियन पाउण्ड कमाउँछन्।
फोर्ब्सको अनुसार संसारमा रोजर फेडरर (£ ६६ मिलियन पाउण्ड), लेब्रोन जेम्स (£ ४७ मिलियन) र टाइगर वुड्स (£ ४४ मिलियन) मात्र तीन अन्य सक्रिय एथलीटहरु हुन जो रोनाल्डो भन्दा अधिक व्यापारिक रुपमा कमाउँछन्।
सूचीमा तेस्रो स्थानमा आउँदै मेस्सीको पीएसजीका साथी नेमार छन्, जो एक बर्ष £ ६९ मिलियन पाउन्ड कमाउँछन्। र चौथोमा अर्को पीएसजी खेलाडी केलियन एमबाप्पे छन्, जो रोनाल्डोको कमाईको एक तिहाई लगभग एक बर्ष मा ३१.५ मिलियन पाउन्ड कमाउँछन्।
सायद आश्चर्यजनक कुरा के छ भने, शीर्ष १० मा कुनै एक चेल्सी वा म्यानचेस्टर सिटीका खेलाडी छैनन। शीर्ष १० मा मात्र अन्य प्रीमियर लीगका खेलाडीहरु पाँचौमा मोहम्मद सलाह (एक बर्षमा ३० मिलियन) र पॉल पोग्बा आठौं (£ २५ मिलियन) मा छन्।
आश्चर्यजनक रुपमा ३७ बर्षिया एन्ड्रेस इनिएस्टा जसले ३ बर्ष पहिले बार्सिलोना छोडेर गएपनि अझै पनी बार्षिक २६ मिलियन पाउण्ड कमाउँछन्। उहाँ हाल जापानी क्लब भिसेल कोबेमा आफ्नो ब्यबसायीक फुटबल खेलिरहेका छन्।