हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन् २००० को दशकमा धेरै प्रतिभाशाली फुटबल खेलाडीहरूले विश्व फुटबलमा प्रभुत्व जमाएका थिए।
रोनाल्डिन्हो, जिनेदिन जिदान, क्रिस्टियानो रोनाल्डो, रोनाल्डो नाजारियो, लियोनेल मेस्सी, पाओलो माल्डिनी… सूची अनन्त छ।
तर धेरै भन्दा बढी को हो? भन्ने प्रश्नको उत्तर पाउन भने निकै गाह्रो रहेको छ।
गोलकिपर होस या डिफेन्डर देखि फरवार्डलाइन सम्म यस समयमा खेल प्रशंशक हरुले वास्तबमै अद्वितीय खेलाडीहरुको खेल प्रदर्शन हेर्न पाएका थिए।
९० को दशक को अन्त्य र २००० को उदयका बीचका खेलाडीहरुको सुचिमा यसपटक मेस्सी नेमार जस्ता अहिलेका पुस्ताका खेलाडी भने समाबेश भएका छैनन्।
तर यसै बीच फ्यान्स फोरमले २००० समयमा रुचाईएका शिर्ष २५ को सुची निकालेको छ।
फ्यानहरुले आफुले रुचाएको र प्रभाब जनाएका खेलाडीहरुलाई भोट गरेका थिए।
जसमा मेस्सी, रोनाल्डो, काका देखि भियारा, सिद्रोफ जस्ता घुरंधार खेलाडीले नाम बनाएका छन् भने सुची यसप्रकार रहेको छ:
२५) क्लेरेन्स सीडोर्फ: नेदरल्याण्ड (२४) अलेसेन्ड्रो डेल पिएरो : इटाली (२३) शामूएल इटो : क्यामरुन (२२) प्याट्रिक विएरा : फ्रान्स (२१) कार्ल्स पुयोल: स्पेन
२०) एन्ड्रिया पिर्लो : इटाली (१९) काका: ब्राजील १८) रोबर्ट कार्लोस : ब्राजिल १७) एडगर डेभिड्स : नेदरल्याण्ड १६) अर्जेन रोबेन : नेदरल्याण्ड
१५) फिलिप लाहम: जर्मनी (१४) इकर क्यसिलस : स्पेन १३) काफु : ब्राजिल १२) बुफोन : इटाली ११) अलेसेन्ड्रो नेस्टा : इटाली
१०) डेनिस बर्क्याम्प : नेदरल्याण्ड ९) थियरी हेनरी : फ्रान्स ८) पाओलो माल्दिनी : इटाली ७) जाभी : स्पेन ६) इनियस्टा: स्पेन
५) जिनेदिन जिदान : फ्रान्स ४) रोनाल्डिन्हो : ब्राजिल ३) लियोनल मेस्सी : अर्जेन्टिना २) क्रिस्टियानो रोनाल्डो: पोर्चुगल १) रोनाल्डो नाजारियो: ब्राजिल
यस संगै सुचीमा थोरै भोटले मात्र पछि परेका खेलाडीहरु मध्येमा : टन इब्राहिमोभिक, फ्रान्सेस्को टोट्टी, फ्रान्क लाम्पार्ड, स्टिभन जेरार्ड, पल स्कोलेस, वेन रुनी, रिभाल्डो, एन्ड्रि शेभचेन्को, लुइस फिगो, राउल र फाबियो क्यानाभारो परेका छन्।