बार्सिलोनामा फ्रानकी डी जोंगको भविष्य चुनौतीपूर्ण बन्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्की डे जोङले ब्लाउग्रानाका लागि साइन गर्दा निकै महत्वपूर्ण खेलाडी हात पारेको भान दिएका थिए।

तर हालैका सिजनमा भने उनले आफ्नो मूल्य ट्यागलाई औचित्य दिन असफल हुँदै आएका छन्।

फ्रेन्की डे जोङले बार्सिलोनाका लागि साइन गर्दा क्लबको भविष्य उनको वरिपरि निर्माण हुने छाँटकाट देखिन्थ्यो।

तर डच खेलाडीले बार्सिलोनाको अपेक्षा पूरा गर्न सकेका छैनन्, खराब फर्म संगै उनलाई अब यो समरमा बेच्ने सम्भावना बढेको छ।

स्थिति परिवर्तन हुनेमा दुबै आशा र विश्वास गरेता पनि अब सिजनको दोस्रो हाफले उनको भविष्यलाई निर्भर गर्ने पक्का पक्कि जस्तै छ।

बार्सिलोनासँग अझै पनि धेरै आर्थिक, खेलकुद र संस्थागत समस्याहरू छन् र यस सिजनको च्याम्पियन्स लिगबाट बाहिर भइसकेको छ।

नयाँ प्रशिक्षक जाभीको नेतृत्वमा सुधारका संकेतहरू देखिएका छन्, जसलाई खेलकुद निर्देशक माटेउ अलेमानीले जनवरी ट्रान्सफर विन्डोमा टोलीमा केहि नयाँ खेलाडी थप्दै जाभिलाई बेजोड साथ दिएका छन्।

“[क्लबको संघर्ष] ले मलाई कहिलेकाहीं आश्चर्यचकित तुल्याउछ, तर म अझै पनि बार्साको बारेमा यस्तै सोच्दछु,” डी जोङले हालैको अन्तर्वार्तामा भने।

“यो यस क्षणको उत्कृष्ट क्लब होइन, तर यो अझै पनि संसारको सबैभन्दा सुन्दर क्लब हो।”

डे जोङ ७५ मिलियन युरोमा २०१९ मा आयक्सबाट बार्सिलोना आउँदा त्यस समयमा पूर्ण अर्थ राखेको थियो। डच टोलीमा तहल्का मच्चाएर उनि बार्सा आएका थिए।

उसलाई सुरुमा बार्सिलोनाको सर्जियो बुस्केट्सको लागि दीर्घकालीन प्रतिस्थापनको रूपमा चिनाइएको थियो।

डे जोंगले अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा आफ्नो क्याम्प नोउ क्यारियरको लागि ठोस सुरुवात गरे, तर त्यसपछि कोच परिवर्तन संगै उनको फर्मको नाटकीय रूपमा पतन सुरु भएको थियो।

बार्सिलोना १९-२० को उपाधि दौडको अन्तिम चरणहरूमा पतन हुँदा, डे जोङ सिजनको दोस्रो हाफमा आफ्नो फर्ममा ठूलो गिरावट देख्ने खेलाडीहरू मध्ये एक मात्र थिए।

जाभीले क्लबको वरिपरि विनाश र उदासीको भावनालाई उठाउन मद्दत गरे पनि, सामान्य चमक डे जोंगको आँखाबाट हराएको छ।

उनी पक्कै पनि कोम्यानको बर्खास्तको पक्षमा थिएनन्। सेप्टेम्बरको अन्त्यमा डी जोङले भने, “मलाई प्रशिक्षक परिवर्तन नै समाधान हो जस्तो लाग्दैन।”

पेद्री, गाभि र अन्सु फाती बाहेकका केही खेलाडीहरूमध्ये डे जोङ एक पात्र हुन् जसलाई बार्सिलोनाले राम्रो शुल्कमा बेच्न सक्छ।

डी जोङको दृष्टिकोणबाट, लिभरपुल, म्यानचेस्टर सिटी र बायर्न म्युनिख जस्ता क्लबहरूले बार्सिलोना भन्दा तत्काल सफलताको राम्रो मौका दिनेछन्। २०१९ मा बार्सिलोना आएपछि केवल कोपा डेल रे हात पारेका डच मिडफिल्डरलाई क्याटलन टोलीमा अब आफ्नो भविष्य सुरक्षित राख्न ठुलै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।

Leave a Reply

Next Post

एफए कप: फुल्ह्याम विरुद्ध म्यानचेस्टर सिटीको सहज जित

Sat Feb 5 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश च्याम्पियन म्यानचेष्टर सिटी घरेलु प्रतियोगिता एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ। घरेलु मैदानमा फुल्ह्याम विरुद्ध ४-१ को फराकिलो जित निकाल्दै इंग्लिश महारथी म्यानचेष्टर सिटी एफए कपको अन्तिम १६ मा प्रवेश गरेको हो। पहिलो हाफको चौथो मिनेटमै एक गोलले पछि परेको स्थिति लाई उल्टाउँदै […]
%d bloggers like this: