फ्रानकी डी जोंग प्रति दुवै म्यानचेस्टरको चासो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका मिडफिल्डर फ्रानकी डीजोंगको भविष्यलाई लिएर अहिले संचार मध्यममा थुप्रै टिप्पणी सुरु भएका छन्।

चरम आर्थिक संकटबाट गुज्रिरहेको क्याटलन टोलि बार्सिलोनाले, आफ्नो आर्थिक स्थितिलाई सबल बनाउन यसपटक थुप्रै कठोर कदम चाल्नुपर्ने देखिन्छ।

यही आर्थिक अवस्थालाई मध्यनजर गरेर युरोपका शीर्ष क्लबहरुले बार्सिलोनाका मिडफिल्डर डी जोंगलाई भित्र्याउन सक्ने आधार बढेको छ।

नेइमारले किर्तिमानी रकममा बार्सिलोना छाडेपछि सही व्यवस्थापन गर्न नसक्दा बार्सिलोना अहिलेको हविगतमा पुगेको हो।

बार्सिलोनाले त्यसपश्चात एथ्लेटिको मड्रिडबाट ग्रिजम्यान, लिभरपुलबाट कुतिन्हो र डर्टमण्डबाट डेम्बेले लाई निकै चर्को मुल्यमा भित्र्याएको थियो।

खरिदमा पनि निकै चर्को मूल्य तिरेको बार्सिलोनाले, तलबमा पनि सही व्यवस्थापन गर्न नसक्दा लियोनल मेस्सीले बार्सिलोना छाड्नु परेको थियो। 

झण्डै १५० मिलियन तिरेर भित्र्याएका कुटीन्होलाई बार्साले केवल २० मिलियनमा एस्टन भिल्लालाई बेच्ने भएको छ भने ग्रिज्म्यान ४० मिलियनमा पुनः एटलेटीको फर्किने भएका छन्।

आयक्समा रहँदा तहल्का मच्चाएका फ्रानकीलाई, फेरी आफ्नो टोलीमा राख्न म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्याग इच्छुक रहेको विदेशी सञ्चारमाध्यमले बताएका छन्। 

डच प्रशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा आयक्सले युरोपमा सन् २०१८ मा सनसनीपूर्ण प्रर्दशन देखाउँदा मिडफिल्डर डी जोंग त्यस टोलीका मुख्य खेलाडी रहेका थिए।

अर्कोतिर म्यान्चेस्टर सिटीले पनि आफ्नो मुख्य खेलाडी फर्नानडीन्होलाई गुमाउने पक्का भएसँगै, नयाँ मिडफिल्डरको खोजीमा लागिपरेको छ।

पछिल्लो केही बर्षयता घरेलु फुटबलमा लगातार दबाब बनाइरहेको म्यान्चेस्टर सिटीका लागि, खेलाडी मुख्य आकर्षणको केन्द्र बनेका छन् ।

स्पेनी प्रशिक्षक पेप ग्वार्डिओला को नेतृत्वमा चौथोपटक प्रिमियर लिगको उपाधि नजिक रहेको सिटिले युरोपियन उपाधि भने उचाल्न बाँकी रहेको छ। 

अर्को तिर युरोपेली च्याम्पियन्स लिग प्रतियोगितामा सहभगिता जनाउन असफल भएको युनाईटेड लेउनलाई भित्र्याउन ठुलै दुख गर्नुपर्ने देखिन्छ। 

फ्रान्सेली मिडफिल्डर पल पोग्बाले यस सिजन बाट पश्चात क्लब छाड्ने निर्णय गरेसँगै, उनकै स्तरका अर्का मिडफिल्डर भित्राउन युनाइटेडलाई निकै आवश्यक देखिन्छ। 

भर्खरै नियुक्त भएका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले जसरि आयक्समा उनलाई स्तरिय खेलाडि बनाए, पक्कै पनि सोहि आधारले उनि युनाईटेडमा भित्रिन सक्नेछन।

तर उनको भविष्यको ठोस निर्णय आउन भने अझै केहि समय लाग्ने बताईएको छ।

Leave a Reply

Next Post

क्रिस्टियानो युनाईटेडमै बस्नु पर्नेमा बेकह्यामको जोड

Fri May 13 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस स्टार फुटबलर डेभिड बेकह्यामले क्रिस्टियानो रोनाल्डो म्यान युनाइटेडमा अर्को एक वा दुई वर्ष रहने आशा राखेका छन्।  क्लबले जारि इंग्लिस प्रिमियर लिग सिजनमा निकै खराब प्रदर्शन गरेपछि उनको क्लबको भविष्यमा प्रश्न चिन्ह लागेको छ। च्याम्पियन्स लिगबाट बाहिरिसकेको रेड डेभिल्सले अर्को वर्ष यूरोपा लिगमा सहभागिता जनाउने […]
%d bloggers like this: