फ्रान्कफुर्ट विरुद्ध हार बेहोर्दै बार्सिलोना युरोपाबाट बाहिरियो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्कफुर्ट विरुद्ध हार बेहोर्दै बार्सिलोना युरोपा लिगबाट बाहिरिएको छ।

यस अघि अघिल्लो लेगमा १-१ को बराबरी खेलेको बार्सिलोना, दोस्रो लेगमा घरेलु मैदानमा ३-२ ले पराजित भएको हो।

जर्मन टोली फ्रान्कफर्ट विरुद्ध समग्र ४-३ अन्तरले गोलले पराजित हुँदै बार्सिलोनाले आफ्नो युरोपा यात्रा अन्त्य गरेको छ।

बार्सिलोनाले नतिजा सँगै लगातार १५ खेलको पराजित यात्रामा पूर्णविराम लगाएको छ।

घरेलु दर्शक माझ पहिलो हाफमा २-० ले पछि पारेको बार्सिलोनाले सोचे अनुसारको पकड़ जमाउन सकेन।

खेल सुरु भएको चौथो मिनेटमै गोल खान पुगेको बार्सिलोनाले ३६ औं मिनेटमा अर्को गोल खाएको थियो।

इरिक गार्सिया ले लिन्डस्त्रोम लाई डी बक्स भित्र फल गरेपछि फ्रान्क फर्ट ले पेनाल्टी पाएको थियो। जसलाई फिलिप कोस्टिक ले गोल गर्दै पाहुना टोलीलाई १-० को अग्रता दिलाए।

खेलमा पछि परेको बार्सिलोनाले खेलमा पकड़ राखेपनि विपक्षी पोस्टमा एकाध आधा मौका बाहेक अरु सिर्जना गर्न सकेको थिएन।

तर खेलको ३७ औं मिनेटमा बनेको मौकामा बोरे माउरेले डी बक्स बाहिरबाट प्रहार गरेको शानदार शटले जाली चुमेपछि पाहुना टोलीले खेलमा जितको आधार तय गरेको थियो।

निकै फितलो प्रदर्शन गरेको बार्सिलोनाले पहिलो हाफमा उल्लेख्य मुभ्को रुपमा अबमियांगको हेडरको मौका मात्र बनाउन सकेको थियो।

दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको घरेलु टोलीका लागि अबामियाङले अग्रता दिलाउने राम्रो मौका गुमाए। ५३औं मिनेटमा उनको प्रहार फ्रान्कफुर्टका किपरले बचाएका थिए।

तर दोस्रो हाफको ७३औं मिनेटमा कोस्टीकले व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गर्दै ३-० को स्थितिमा पुर्याए।

बार्सिलोनाका लागि सर्जियो बुस्केट्सले ९०औ मिनेटको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई खेलमा फर्किने संकेत दिएका थिए।

अर्को गोल ९०+१०औ मिनेटमा मेम्फिस डीपेले गरेपनि टोलीलाई पुनरागमन गराउन भने सकेनन् र खेल ३-२ ले फ्रान्कफुर्टले आफ्नो पक्षमा पार्न सफल भयो।

हार संगै बार्सिलोना यस सिजन ट्रफी बिहिन हुने पक्का भएको छ।

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेडले स्टेडियमको स्तरोन्नति गर्ने

Fri Apr 15 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले स्टेडियम स्तरोन्नति गर्ने भएको छ। क्लबले यसै साता जारि गरेको बिज्ञप्तिमा, क्लबको भविष्य तथा आधुनिक खेल ढाँचालाई अंगाल्दै अब बोर्डले स्टेडियमलाई नयाँ आवरण दिने बताएको छ। यस कार्यलाई अघि बढाउने सोच एक दशक अघि देखिकै भएपनि ओल्ड ट्राफर्ड हुँदै जाने रेलमार्गले बिधि अघि […]
%d bloggers like this: