फ्रान्क केसेले बार्सिलोनामा कस्तो प्रभाब पार्नेछन त?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले इटालियन क्लब एसी मिलनबाट उसका वर्तमान मिडफिल्डर फ्रान्क केसे भित्रयाउने लगभग पक्का भएको छ।

यसै सिजन केसीको सम्झौता यस मिलनसँग सकिँदैछ र उनले मिलनसँगको आफ्नो सम्झौता नविकरण नगर्ने बताइसकेका छन्।

 त्यसैकारण बार्सिलोनाले आउदो समरमा उनलाई फ्री ट्रान्सफरमा भित्र्याउने लगभग पक्का भैसकेको छ।

वर्तमान एसी मिलानको टोलीमा महत्वपूर्ण खेलाडीका रुपमा रहेका केसे, सम्भवतः इटालियन सेरियामा उत्कृष्ट मिडफिल्डरहरु मध्येका एक हुन्।

आधुनिक फुटबलमा बिकसित भएका हाइब्रिड बक्स टु बक्स मिडफिल्डरका रुपमा चिनिएका केसे, आफ्नो रक्षात्मक र आक्रमक पक्ष दुबैमा सबल भयका कारण युरोपमा सर्वाधिक चर्चाका विषय बनेका छन्।

उनको खेल्ने शैली हाल बार्सिलोनाका प्रशिक्षक जाभिले खेलाउने शैलीमा पूर्णरुपमा मिल्ने रहेको छ।

बार्सिलोनाका सर्वकालीन समयका महान मध्येका एक सर्जियो बुस्केट लगातार बढ्दो उमेर कारण खेलमा उनको गति कम हुँदै गएको प्रष्ट देखिन्छ।

हाल बार्सिलोनाको सेटअपमा बुस्केट्स, पेड्री र फ्रानकी डी जोंग रहेका छन्। बुस्केट्सले डिफेन्सिभ मिडफिल्डरको जिम्मेवारी सम्हाल्दा फ्रानकीले बक्स टु बक्स तथा सर्जियोलाई कभर गर्ने तथा पिचमा खेलको निर्देशन गर्ने गरेका छन्।

पेड्रीले भने खेलमा कम्जोर क्षेत्रमा आफ्नो कौशलताले आक्रामण गर्ने गरेका छन्। उनको अहिलेको रोल बार्सिलोना दिग्गज इनीएस्टा संग मिल्दो जुल्दो रहेको छ।

सायद जाभीले अब अर्को सिजनबाट बुस्केट्सको ठाउँमा फ्रानकी डी जोंगलाई खेलाउने छन्, र हाल बार्सिलोनाको सेटअप डी जोंगले खेलिरहेको ठाउँमा सम्भवत केसेले खेल्नेछन।

उनको जिम्मेवारी फ्रानकी र पेड्रीको बिचमा रहेर बार्सिलोनालाई पुरानै टोटल फुटबलमा आधरित खेल पस्कने जिम्मेवारी हुनेछ।

उनले जाभीको नयाँ बार्सिलोनामा मिडफिल्डमा पुरानै त्रिकोणमा रहेर हाफ स्पेसमा बल पुर्याउने र नियन्त्रण गर्नेछन्।

संगै हाई प्रेसिंगमा उनको रक्षात्मक क्षमताले बिपक्षीको दिशामा  बल रीटेनसनमा मुख्य भूमिका रहनेछ।

 बार्सिलोनाले आफ्नो खेल्ने शैलीमा बिर्सिसकेको प्रेसिंगलाई नयाँ प्रशिक्षक जाभी पुनर्जीवन दिएका छन्।

अहिले बार्सिलोनाको टोली विपक्षीको क्षेत्रमा तेज गतिले आक्रमण गर्दै हाई प्रेसिंग खेल खेल्दछ। त्यसका लागि मिडफिल्डमा गुणस्तर हुन निकै आवश्यक रहेको छ।

डिफेन्सिभ मिडफिल्डमा रहेका सर्जियोको गतिका कारण बार्सिलोनाले काउन्टर अट्याकमा आँफुलाई बारम्बार पिचमा उजागर गर्ने गरेको छ।

अब नयाँ सिजनबाट बार्सिलोनाको नयाँ सेटअपमा सोहि समस्या निर्क्यौल गर्न केसे टोलीका लागि निकै महत्वपूर्ण खेलाडी हुनेछन्।

Leave a Reply

Next Post

क्रिकेटको संरचना नबदल्ने भए क्यानलाई पनि हटाईदिए हुन्छ

Wed Mar 23 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ‘बलिंग त राम्रो गरेको, ब्याटिंगले फेरी हरायो’ आजकल आम क्रिकेट प्रेमी नेपालीको जिब्रोमै झुन्डेको वाक्य हो यो। प्रदर्शन पनि त्यस्तै देखाउने भएकाले नभन्न पनि सकिँदैन। आफूभन्दा साना टोलीलाई राम धुलाई हान्ने नेपाली ब्याट्सम्यानहरु आफु सँगैका अथवा आफूभन्दा अलिकति माथिल्लो स्तरका टोली विरुद्ध भने खेल्नै सक्दैनन्। आफुभन्दा […]
%d bloggers like this: