फ्रान्स सुपर कपको फाइनलमा पेरिस सेन्ट जर्मन पराजित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। इसरायलमा भएको फ्रान्स सुपरको फाइनलमा लिलबिरुद्द भएको गएराति खेलमा पीएसजी १-० गोलान्तरले पराजित भएको छ।

खराब लयमा चलिरहेको भएपनि लिलका छाकाको उत्कृष्ट प्रदर्शन हुदा पूर्वबिजेता पिएसजीलाइ पराजित गरेको हो।

सुरुबाटै आक्रामकरुप अपनाएको पोचेटिनोको टोलिले धेरै मौकाहरु सिर्जना गरेपनि, मौकालाइ गोलमा परिणत गर्न भने सकेन।

टोलीमा एम्बाप्पे, नेय्मारजस्ता ठुलानामको सहभागिता न भए पनि किम्बेम्पेद्वारा कप्तानित टोलि बलियो नै देखिएको थियो। पिएसजीको सुरुवाती ११मा, ड्रक्स्लर, इकार्डि, मुइङ्गा, इबिम्बे, पेरेइरा, हेरेरा, डियालो, कह्रेर, किम्पेम्बे, हाकिमी, नाभस रहेको थिए।

केहिसमय अगाडी पिएसजीको टोलिसंग जोडिएका मौरिसियो पोचेटिनोको पिएसजीमा फाइनल अन्तर्गतको पहिलो हार हो।

आठबर्ष देखि लगातार उपाधी आफ्नोनाम गर्दै आएको पिएसजीको लयमा लिलले ब्रेकलगाएको छ।

खेलको सुरुवाती मिनेटबाटनै लिललाइ दबाबमा राख्न पिएसजी सफल भएको थियो। लगातार आक्रमण तथा पोजेजनपनि ७१% आफ्नै बनाउदा पनि, सफल शटहरु भने प्रहार गर्न नसक्दा हार बेहोर्न पुगेको हो।

४५औ मिनेटमा यिल्माजको उत्कृष्टपासलाइ गोलमा परिणत गर्दै लिलले आफ्नोलागि पहिलो अग्रता लिएको थियो। त्यसपश्चात उत्कृष्ट डिफ़ेन्सिब मोडमा परिणत भएको लिलले आफ्नो अग्रतालाइ अन्तिमसम्म सुरक्षित राख्न सक्दा जित निश्चित भएको हो।

यस सिजन चार विश्वस्तरीय खेलाडीलाइ अनुबन्धन गरेको पिएसजीले सिजनको सुरुवातमै ट्रफी गुमाएपनि खेलाडीहरुको समाबेशिताले टोलि अझै बलियो भएको र ठुला लक्ष्य लिएको प्रशिक्षक पोचेटिनोको भनाइ छ। पीएसजीले सर्जियो रामोस, वाइनाल्डम, डोनारमा र हाकिमीलाइ भित्र्याएको थियो जसमध्ये हिजोको खेलमा वाइनाल्डम र हाकिमीले प्रतिस्पर्धा जनाएका थिए।

Leave a Reply

Next Post

मेक्सिकोलाइ पराजित गर्दै अमेरिकाले जित्यो कनाकफ गोल्ड कप !

Mon Aug 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ । सेमिफाइनलमा कतारमाथि १-० को जित हासिल गरे पछि फाइनल प्रवेश गरेको अमेरिकाले आज बिहान क्यानाडालाइ पराजित गर्दै फाइनल भित्रिएको मेक्सिको बिरुद्द फाइनल खेल अन्तर्गत प्रतिस्पर्धा गरेको थियो। जितका लागि सम्भावित टोलि मानिएको मेक्सिकोले सुरुवाती मिनेटबाटै आक्रामक प्रहारहरु गर्दै आएको थियो। खेलको धेरै समय आफैले दबाब […]
%d bloggers like this: