हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। नेपालद्वारा बंगलादेश २-१ को अन्तरले पराजित !!
चल्दै गरेको त्रिकोणात्मक शृंखलाको आज भएको फाइनल खेलमा नेपालले बंगलादेशलाइ २-१ को गोलान्तरले हराउदै उपाधि हात पारेको छ। आफ्ना पहिला दुइ खेलमा बराबरी गर्दै दुइ अंकका साथ् फाइनल प्रवेश गरेको नेपालले १८ औ मिनेटमा पहिलो गोल गरेको थियो।
आफ्नो अन्तराष्ट्रिय डेब्युट गोल को रुपमा सन्जोग राइले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरेका थिए। त्येस्तै पहिलो हाफकै अन्तिममा बिशाल राइले शानदार गोल गर्दा, नेपालले आफ्नो अग्रतालाइ २-० बनाएको हो।
पहिलो हाफ नेपाल २-० बंगलादेशमा टूङ्गिन पुग्यो।
अग्रता लिएको अवस्थामा नेपालले सुरुबाटै खेललाई आफ्नो दबाबमा राखेको थियो भने, ८३ मिनेटमा बंगलादेशले पहिलो गोल फर्काएको थियो। खेलको ८२ औ मिनेटमा खेलाडीहरु परिवर्तन भै रहेको अवस्था पछिको केहि सेकेन्डमै बंगलादेशले गोल गर्दै, स्कोरलाइ २-१ मा ल्याएको थियो । स्कोरको अवस्था २-१ मा पुगे पश्चात, बंगलादेशले नेपाललाई लगातार दबाब दिएको थियो ।
खेलको ८८ औ मिनेटमा पूर्व कप्तान बिराज महर्जनले फिल्ड प्रवेश गरेका थिए। आफ्नो ७३ औ तथा अन्तिम खेलमा आफ्नो उपस्थिति गर्दै विराजले राष्ट्रिय टोलिबाट बिदाइ मागेका हुन्। बिराजको सम्मानक रुपमा, किरण कुमार लिम्बुले आफ्नो कप्तानको ब्याण्ड, महर्जनलाइ सुम्पिएका थिए।
+६ मिनेटको थपसमयमा आफुलाई सम्हाल्दा नेपालले खेल जित्दै उपाधि जितेको हो।