बंगलादेशलाई अर्को शृंखला

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जिम्बाबेबिरुद्धको अन्तिम तथा निर्णयक टीट्वेन्टी खेलमा बङ्गलादेशले ऐतिहासिक जित दर्ता गरेको छ।

जिम्बाबे स्थित हरारे खेल मैदानमा भएको उक्त खेलमा बंगलादेशले जिम्बावेलाई ५ विकेटले पराजित गरेको हो। जिम्बाबेले दिएको १९४ रनको चुनौती पछ्याउने क्रममा बङ्गलादेशले १९.२ ओभरमा ५ विकेट  गुमाउँदै आफ्नो दोस्रो ठूलो विजयी लक्ष्य पछ्याएको थियो।

जितसँगै बङ्गलादेशले जिम्बाबेमा एकदिवसीय, टेस्ट र टिट्वेन्टी तीनवटै सिरिजमा कब्जा गरेको छ।

 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको जिम्बाबेले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। विशाल रन खडा गर्ने क्रममा जिम्बाब्वेका लागि ओपनर द्वय वेसले माधवेर र टाडीवानसे मारुमनीले आक्रामक सुरुवात गरेका थिए। ६ ओभरमा ६३ रन बनाउँदा जिम्बाबेको पहिलो विकेटको रूपमा टाडीवानसे मारुमनी पवेलियन फर्किए।

उनले २० बलमा २ चौका र दुई छक्काको मद्दतले २७ रन जोडेका थिए। त्यसपछि क्रिजमा आएका रेगइस चकभवाले अर्को उत्कृष्ट ब्याटिङ गर्दै २२ बलमा ६ छक्काको मद्दतले ४८ रन जोडेका थिए। त्यसतै माधबेरले ३६ बलमा ५४ रन बनाए भने मध्यक्रममा ब्याटिङ गर्न आएका डियोन मर्सले २३ तथा रायन बर्लले १५ बलमा ३१ रन जोड्दा जिम्बाब्वे विशाल योगफल तयार पार्न सफल भएको थियो।

बलिङ तर्फ भने बङ्गलादेशका केही बलरहरु महंगा सावित हुन पुगेका थिए। सौम्य सरकारले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १९ रन दिँदै २ विकेट लिए। शोरिफुल इस्लाम, शकिब अल हसन र मोहमद सैफुदीन को नाममा समान एक एक विकेट रहेको थियो।

जवाफी ब्याटिङमा उत्रेको बङ्गलादेशी टोलीले ओपनर मोहमद नैम लाई सस्तैमा गुमाउन पुगेको थियो। तर सौम्य सरकार र शकिब अल हसनले बिचमा राम्रो साझेदारी गर्दै बंगलादेशलाई लक्ष्य तर्फ डोहोर्याएका थिए। सौम्य सरकारले ४९ बलमा ६८ रनको उत्कृष्ट पारी खेलेका थिए भने शकिब अल हसनले १३ बलमा २५ रनको योगदान दिए। यस्तै मध्यक्रममा ब्याटिङ गर्न आएका कप्तान ममदुल्लाले २८ बल ३४ रनको पारी खेल्दा संयम हुसैनले नटआउट ३१ रन जोड्दै बङ्गलादेश को तर्फबाट विजयी पारि खेलेकाका थिए।

जिम्बाबेको इनिंगमा ब्लेसिंग मुजुराबानीले जस्तो किफायती बलिंग अरुले गर्न नसक्दा घरेलु मैदानमा सिरिज जित्ने मौका फेरी गुमेको थियो। मुजुराबानीले ४ ओवरमा २७ रन दिदै २ विकेट लिए। यस्तै लुक जुंगेले पनि दुइ विकेट लिदा महँगो साबित हुन पुगेका थिए। उनले ३ ओवरमा ४२ रन दिदै २ विकेट लिन पुगेका थिए।

खेलमा उत्कृस्ट प्रदर्शन गर्न सफल सौम्य सरकार म्यान अफ द म्याच र म्यान अफ द सिरिज घोषित भए।

Leave a Reply

Next Post

स्टार्क उत्कृष्ट हुदा, अस्ट्रेलियालाइ एकदिवसीय शृंखला, अन्तिम खेलमा वेस्ट इण्डिज जवाफहीन !

Tue Jul 27 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। पहिलो खेलमा अस्ट्रेलिया र दोस्रोमा वेस्ट इण्डिजले जित हासिल गरे पछि अन्तिम खेलमा अस्ट्रेलियाले अग्रता सुरक्षित गर्दै सिरिज आफ्नो नाम गरेको हो। टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इण्डिज सस्तैमा समेटिदा अस्ट्रेलियाका लागि जितको बाटो सजिलो भएको हो। बलिङ्ग तथा फ़िल्डिङ्ग दुवै उत्कृष्ट गरेको अस्ट्रेलियाले कुनै […]
%d bloggers like this: