बसन्त रेग्मी सम्मिलित नेपाली अल स्टार्स, राष्ट्रिय टोलि संग भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सीरीज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका पुगिसकेको छ 

सिरिज सुरु हुनुभन्दा अगाडि नेपालले अमेरिकाकै नेपाली अल स्टार्स संग अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ

जस अन्तर्गत पहिलो अभ्यास खेलमा नेपालले आज बेलुकी बसन्त रेग्मी सम्मिलित नेपाली अल स्टार्स विरुद्ध मैदानमा उत्रदैछ

अमेरिकामा बसोबास गर्दै आएका नेपाली पूर्व खेलाडी बसन्त रेग्मी, पृथु बास्कोटा सहितका अन्य खेलाडीहरुले आज नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछन् 

न्युजिल्यान्डका पुर्ब विस्फोटक ब्याट्सम्यान कोरी एन्डरसनले भने नेपाल विरुद्धको खेल गुमाउने भएका छन्

विश्वकप क्रिकेट लिगमा निकै कठिन मोडमा रहेको नेपालले अबका आफ्ना खेलमा जित्नैपर्ने दबाब रहेको छ 

घरेलु टोली संयुक्त राज्य अमेरिकाले एकपछि अर्को जित निकाल्दै शीर्ष चारमा आफ्नो स्थान मजबुत बनाएको छ

नेपालले अबका खेलमा शतप्रतिशत जित निकाल्दै शिर्ष पाँचमा रहेर एकदिवसीय मान्यता कायम गर्नु प्रमुख चुनौती रहेको छ

जारी विश्वकप लिगमा सबैभन्दा कम खेलेको नेपाल हाल छैठौं स्थानमा रहेको छ भने चौथो स्थानको अमेरिकाबाट  ६ अङ्कको दुरीमा रहेको छ

पर्दामा रहेको अर्को टोली ओमानले भने जारी प्रतियोगितामा शीर्ष स्थान हात पार्दै विश्वकप छनौटमा स्थान पक्का गरिसकेको छ 

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले घरेलु टोलि अमेरिका सहित ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिताको तयारीस्वरुप स्टार्स  विरुद्धको खेलमा नेपालले आफ्नो क्षमता सँगै अमेरिकी वातावरणमा कस्तो रणनीति तयार गर्ने भन्ने अवसर प्राप्त गर्नेछ।

यस अभ्यास खेलले नेपाली टोलीमा आगामी खेलहरुमा राम्रो प्रदर्शन गर्ने तथा मनोबल बढाउनेमा संदीप लामिछाने सकारात्मक देखिएका छन्। 

कप्तान सन्दीप लामिछानेले अल स्टार्ससँग खेल्न पाउनु नेपालको लागि राम्रो तयारी हुने बताए । ‘अल स्टार्सजस्तो स्तरीय टोलीविरुद्ध खेल्नु हाम्रो प्रतियोगिता तयारीका लागि एकदम राम्रो पाटो हो।”

यहाँको वातावरण हाम्रो लागि निकै फरक छ । तर यहाँ खेलिरहेकाको लागि सामान्य नै छ,’ उनले भने, ‘ हामीले व्यावसायिक खेलाडी भएपछि जस्तोसुकै अवस्थामा पनि आफ्नो प्रदर्शन देखाउनु पर्छ । अभ्यास खेलले हामीलाई मुख्य खेलका लागि राम्रो तयारी दिनेछ ।’

खेल नेपाली समयअनुसार राति ८:४५ मा सुरु हुनेछ। 

Leave a Reply

Next Post

जेरार्ड पिके काण्ड : शाकिरालाई धोका दिँदै अर्कै संग अफेयर

Fri Jun 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अमेरिकन कलाकार जोनी डेपले घरेलु हिंसाको मुद्दा जित्न नपाउँदै बार्सिलोनाका खेलाडी जेरार्ड पिकेको कर्तुत बाहिरिएको छ।  विदेशी सञ्चारमाध्यमले जनाएअनुसार जेरार्ड पिके अहिले साकिरालाई धोका दिँदै अर्कै युवतीसँग अफेयरमा रहेको कुरा सार्वजनिक भएको छ।  अझ आश्चर्यजनक रुपमा अर्की युवती भनेको कोही नभएर आफ्नै टोलीका साथि गाविको आमा भन्ने […]
%d bloggers like this: