हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्यन म्युनिखले हर्था बर्लिन विरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ।
आफ्ना स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीले हाट्रिक गरेपछि बायर्नले बर्लिन विरुद्ध सहज जित निकालेको हो।
खेलमा सबै पक्ष मा सफल देखिएको बायर्न म्युनिखले एकपछि अर्को आक्रमण बुन्दै खेलको छैटौं मिनेटबाट गोल गर्न सुरु गरेको थियो।
बायर्नका लागि पहिलो गोल थोमस मुलरले छैटौं मिनेटमा गरेका थिए।
लेवान्डोवस्कीले ३५, ७० र ८४ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए भने जमल मुसियालाले ४९ मिनेटमा ब्यक्तिगत पहिलो गोल गर्ने सफल भए।
आफ्नो उत्कृष्ट फर्मलाई कायम राख्दै स्ट्राइकर लेभान्डोस्कीले म्युनिखमा एक पछि अर्को तहल्का मच्चाइरहेका छन्। गत सिजन मात्रै बुन्डेसलिगामा एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडि बनेका लेभान्डोस्कीले लगातार गोल गर्ने शृंखलामा पनि अर्को रेकर्ड बनाएका छन्।
बुन्डेस्लिगामा सर्बाधिक ह्याट्रीक गर्ने किर्तिमान मा थप सुधार गर्दै उनले ह्याट्रीक संख्यालाई १६ पुर्याएका छन्।
ह्याट्रीक सँगै लेभान्डोस्कीले बायर्न म्युनिखका लागि तीन सय गोल पनि पुरा गरेका छन्। जारी लिग सिजनमा उनको यो पाँचौं गोल रहेको छ। यस संगै उनले लगातार १६ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन्।
आफ्ना सफल म्यानेजर हान्सी फ्लिक्ले बायर्न छोडेपछि आएका नयाँ व्यवस्थापक जुलियन नाईगल्सम्यानको नेतृत्वमा बायर्न म्युनिखले पाँचौं खेलमा चौथो जित दर्ता गरेको हो। जसमा टिमले ५ खेलमा २४ गोल गरिसक्दा ४ गोल मात्र खाएको छ।
तीन खेलमा दुई जित र १ बराबरको नतिजा निकालिसकेको बायर्न म्युनिख तालिकाको दोस्रो स्थानमा छ भने उत्ति नै अंकका साथ वायर लिभरकुशेन पहिलो स्थानमा छ।