हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बायर्न म्युनिखका प्रशिक्षक जुलियन निगल्सम्यानलाई समर्थकहरुले ज्यान मार्ने धम्कि दिएका छन्।
च्याम्पियन्स लिग क्वाटरफाइनलमा भिल्लारियलसँग पराजित टोली बाहिरिएपछि उनलाई ज्यान मार्ने धम्कि आएको हो।
बायर्नले पहिलो लेग एक शुन्यले गुमाएको थियो आफ्नै घरेलु मैदानमा दोस्रो लेगको १-१ बराबरीमा खेलेको थियो ।
समग्रमा टाई २-१ ले गुमाएपछि बायर्न अन्तत च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।
वर्तमान समयमा आफू सही दिशामा जान नसकिरहेको बताएका उनले बायर्न म्युनिखले पुनरागमन गर्नेमा विश्वास बताएका थिए।
आलोचनाका लागि आफ्नो द्वार सधैं खुल्ला रहेता पनि यस्ता ज्यानमार्ने धम्की भने निकै दुःखद कुरा रहेको उनले बताए।
“आलोचना खेलको पाटाहरु हुन् यसलाई लिनुपर्छ र दिनुपर्ने पर्छ तर ज्यान मार्ने धम्की भनेका यी सबैबाट अरुभन्दा निकै बेग्लै हुन्।”
“समर्थकहरुलाई आफु सदैव राम्रो र सही छु भन्ने लाग्नसक्छ, तर यो कुरा गलत हुन् जसले लेखे पनि एकपटक सोचेर लेख्नु राम्रो हुन्छ।”
“यस्ता धम्कीहरु मलाई सधैं आईरहेका हुन्छन् र म समाजिक सञ्जालमा त्यस्ता म्यासेजहरु डिलिट गरिदिन्छु” उनले बताए।
ज्यान मार्ने धम्की आए पनि उनले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मीहरूको उपस्थिति नबढाएको बताएका छन् ।
“म मेरो कदमले कसैलाई पनि उत्साहित गराउन चाहन्न मैले मेरो घरमा सुरक्षाको उपस्थिति थप बढाएको छैन।” उनले थपे।
च्याम्पियनसिपमा अप्रत्याशित हार बेहोरे संगै प्रशिक्षकले बायर्न म्युनिखका अध्यक्ष ओलिभर कानसँग पनि कुरा गरेको र आउँदो सिजन टोलीलाई थप बलियो बनाउनका लागि नयाँ खेलाडीहरूको आवश्यकता रहेको उनले बताए।
अघिल्लो सिजन जर्मनीका प्रशिक्षक हान्सी फ्लिकलाई किर्तिमानी २५ मिलियन युरोमा प्रतिस्थापित गरेका नेगल्सम्यानले अहिलेसम्म बायर्न म्युनिखलाई केवल एक उपाधिका रुपमा पोकल कप जिताएका छन्।
लिग उपाधिको निकै नजिक रहेको बायर्न म्युनिख हाल लिगमा दोस्रो स्थानको डर्टमण्ड भन्दा ९ अंकले अघि रहेको छ।