बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कीम्यानको भविष्य अन्यौलमा!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका प्रशिक्षक रोनाल्ड किम्यानको भविष्यका बारेमा बार्सिलोनामा आकस्मिक बैठक बसिएको छ।

क्लबका अध्यक्ष जोन लापोर्तले प्रशिक्षक किम्यानको भविष्यलाई लिएर पदाधिकारीहरुसँग छलफल गरेको खबर बाहिर आएको हो।

यसैसाता घरेलु मैदानमा बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा हारेपछि बार्सिलोनाको भविष्यको फेरि चर्चा सुरु भएको छ।

गत सिजन बार्सिलोनामा आएका किम्यानको लगातार रुपमा देखिएको असफलताले उनलाई तुरुन्तै बर्खास्त गर्ने अथवा केही समय दिने गरेर क्लब भित्र दुई समूह विभाजित भएका छन् भन्ने खबर आउन थालेका छन्।

बायर्न म्युनिखसँगको पराजयपछि उनले दिएको अभिव्यक्ति अशोभनीय भएको भन्दै समर्थकहरुले प्रशिक्षक किम्यानले प्रतिद्वन्दी बिरूद्धको खेलका लागि टोलीलाई निखार्न नसकेको आरोप लगाएका छन्।

 

बार्सिलोनामा उनले जिम्मेवारी सम्हालेपछि टिममा रवैया सही नभएको तथा जिम्मेवारी ग्रहण गर्न नसकेको भन्दै उनको आलोचना सुरु भएको छ।

उनको नेतृत्वमा गत सिजन बार्सिलोनाले कोपा डेल रे को उपाधि जिते पनि लिगमा अन्त्यतिर सही लय समात्न नसक्दा एट्लेटिको म्याड्रिडलाई उपाधि सुम्पिन पुगेको थियो।

घरेलु फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गर्न नसकेको बार्सिलोनाको टोली युरोपियन च्याम्पियनसिपमा पनि नक आउट चरणबाटै बाहिरिने पुगेको थियो।

यस सिजन ३ खेलबाट दुई जित र एक बराबरी सहित सात अंक बोकेको बार्सिलोना तालिकाको सातौं स्थानमा रहेको छ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्तले टोलीमा आगामी ३ खेलमा परिवर्तन नआए जुनसुकै कदम चाल्न सक्ने बताएको अन्तराष्ट्रिय एजेन्सीहरुले बताएका छन्।

 

Leave a Reply

Next Post

लालिगा प्रेसिडेन्टद्वारा पिएसजीलाई 'फ्रड' को आरोप !

Fri Sep 17 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ला लिगाका अध्यक्ष जेभियर टेबासले पेरिस सेन्ट जर्मेनलाई आर्थिक ‘ठग’ को संज्ञा दिएका छन्। उनीहरुले लियोनेल मेस्सी, नेयमार, केलियन एमबाप्पे, सर्जियो रामोस र अन्यको संयुक्त तलब तिर्न सक्ने कुनै तरिका नहुने कुरामा जोड दिएका छन्। ला लिगाले मेस्सीलाई फ्रान्सेली दिग्गजसंग पनि यहि वित्तीय समस्याले नै गुमाएको […]
%d bloggers like this: