हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भ्यालेन्सिया बिरुद्धको खेलबाट आफ्नो बार्सिलोना करियरको सुरुवात गरेका अगुएरोले डेब्यु गर्न पाउँदा निकै हर्षित भएको बताएका छन्।
३-१ ले खेल आफ्नो पक्षमा पारेको बार्सिलोनाका लागि खेलको ८७औ मिनेटमा अगुएरो मैदान प्रवेश गरेका थिए।
प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट फ्री ट्रान्सफरमा बार्सिलोना आएका अगुएरो आइतबार बार्सा टोलीमा सामेल हुनुभन्दा पहिले चोटबाट मुक्त हुन दुई महिना भन्दा बढी बिताएका थिए।
अर्जेन्टिनि स्टार अगुएरो(३३ वर्ष र १३७ दिन) २१ औं शताब्दीमा बार्सिलोनाका लागि डेब्यू गर्ने तेस्रो सबैभन्दा पाका खेलाडी बने।
“ठिक छ, यो अविश्वसनीय थियो,” सिटी को सबैभन्दा बढी गोलकर्ता अगुएरोले बार्सा टिभी लाई भने। “मानिसहरु मेरो नाम बोलाउदैछन्, मेरो नाम गाउँदैछन्। यो बानी पर्न राम्रो हुनेछ।
“म उनीहरुलाई त्यो स्नेहको लागी पिचमा धन्यवाद दिन चाहन्छु। म उनीहरुलाई व्यक्तिगत रुपमा धन्यवाद दिन सक्दिन तर मलाई आशा छ कि उनीहरु पिचमा मेरो खेलको आनन्द लिनेछन्।”
“मँ मेरो डेब्यू गर्न पाउँदा धेरै खुसी छु, म यो क्षणको खोजीमा छु,” ३३ वर्षीयले थपे। “यो एक राम्रो डेब्यू थियो किनकि हामीले जित्यौं र त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
“प्रशंसकहरु मेरो लागी जयजयकार गर्दै सुन्न पाउँदा खुसी लाग्यो र अब मेरो माया फिर्ता गर्ने मेरो पालो हो।”
बार्सिलोनाले लालिगामा भ्यालेन्सिया बिरुद्ध आफ्नो अघिल्लो १८ घरेलु खेलहरु मध्ये लालिगामा कम्तीमा एक गोल गरेको छ (४८ गोल) गरेका छन्।
भ्यालेन्सिया बिरुद्ध क्याम्प नोउमा आफ्नो अन्तिम छ खेल मा अपराजित रहेको बार्सिलोनाले अन्तिम पटक २०१६को अप्रिल मा २-१ को हार बेहोरेको थियो।
अगुएरो च्याम्पियन्स लिग अन्तर्गत बुधबार घरेलु मैदानमा डायनामो कीभ बिरूद्ध मैदानमा उत्रन सक्नेछन्। अंकबिहींन रहेको बार्सिलोनालाई समूह ई मा आफ्नो पहिलो अंक दिलाउन मुख्य भूमिका खेल्न सक्नेछन। संगै यसै हप्ता हुने एल क्लासिको प्रतिद्वन्द्वी रियल म्याड्रिड बिरुद्ध शनिवार सामना गर्न को लागी पनि उनि बार्सिलोनाको टोलीमा तयारी अवस्थामा रहेका छन्।