बार्सिलोनाका लागि भगवान बनेर आएका ‘जाभी’

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजनको सुरुवातमा यदि कसैले बार्सिलोनाले रियललाई उसकै घरमा ४ गोल हान्दै जित्छ भनेको भए सायदै कसैले दिमाग  भएको मान्छे भन्थे होला

ऋणले थला परेको टोलि, मेस्सीले क्लब छाड्नु, लालिगामा खराब प्रदर्शन, च्याम्पियन्स लिगमा बिजोग, बार्सिलोना उठ्नेमा सायदै कसैको बिश्वास थियो होला

तर हरेक कार्य नकारात्मक दिशा तर्फ गइरहेको बार्सिलोनामा एकाएक भगवान बनेर जाभी आइपुगे

उनको आगमन संगै उनले बार्सिलोनाको मुटु पनि फिर्ता लिएर आएका छन्, बार्सिलोनाको चिनारी फिर्ता ल्याएका छन्

टोलि डिसेम्बर यता अपराजित रहेको छ भने खेल पिच्छे ४ गोल हान्न थालिसकेको छ उनले बार्सिलोनाको खेल्ने शैलीलाई पुनः ब्यूताएका छन् जुन झन्डै ५ बर्ष देखि गुमेको थियो

उनले भित्र्याएका हरेक खेलाडीले उत्कृस्ट प्रदर्शन गरिरहेका छन्

कम्तिमा पनि आइतवारको क्लासिकोमा रियल म्याड्रिडमा ४-० ले बिजयी भएपछि चीजहरू कस्तो महसुस गर्छन् अहिलेको क्याटलन टोलीलाई सोधे पुग्छ।

भन्न हतार भएजस्तो होला तर अहिलेको बर्तमान अवस्थालाई हेरेर बार्सिलोना इज ब्याक भन्न मिल्छ। अलिकति शंका गर्ने ठाउँ भनेको केहि बर्ष अघि म्यानचेस्टर युनाईटेडमा पनि यस्तै अवस्था थियो।

प्रशीक्षक ओले गनरको आगमन पछि उनको नेतृत्वमा रेड्सले राम्रो खेल्दै एकाएक आमुल परिवर्तन देखाएको थियो तर पछि खस्किन पुग्यो।

तर बार्सिलोना र युनाईटेडको अवस्था र ढाँचा निकै फरक छ। दुवै आ-आफ्ना सिद्धान्त बोकेका फरक म्यानेजरहरु रहेका छन्। 

यो स्पष्ट छ कि जाभी हर्नान्डेजले जिम्मेवारी लिएपछि टोलीमा धेरै सुधार भएको छ र पूर्व मिडफिल्डरले केही निर्णयहरू गरेका छन् जुन उनीहरूको परिवर्तनको लागि महत्वपूर्ण थियो।

बार्सिलोना आउँदा जाभी कतारमा आफ्नो शान्त जीवनको आनन्द उठाइरहेका थिए।

उनलाई बार्सिलोनाको अवस्थाको बारेमा जानकारी नभएको पनि हैन र यो सिजन अघि पनि उनलाई टोलीको जिम्मेवारीको लागि पहल नगरिएको हैन।

उनले हतार गरेनन, सहि समय पर्खिए र तुरुन्तै बार्सिलोना नफर्किने निर्णय गरे। फलस्वरूप उनले अहिलेको बार्सिलोना पाए।

महत्वपूर्ण कुरा भनेको स्क्वाडमा खुसि फिर्ता ल्याउनु थियो । टोलीमा उत्प्रेरणाको कमी थियो र उदास थियो, तर जाभीले उनीहरूलाई थप प्रशिक्षण सत्रहरू दिए र खेलाडीहरूले असली बार्सिलोना माहोल पाए।

अहिलेको परिवर्तनमा जोर्डी क्रुफसंग जाभीको मित्रताले ठूलो भूमिका खेलेको छ र उनीहरूले सही खेलाडीहरू फेला पारेका छन्। यो कुरा ड्यानी अल्वेस फर्केर सुरु भयो, र उनले अन्य धेरै खेलाडी ल्याएका छन्। त्यसपछि पियरे-एमरिक औबामेयाङ, फेरान टोरेस र अदामा ट्राओरे आए।

रोनाल्ड कोम्यान क्लब भित्र संचारमा एक्लो थिए, उनी धेरै क्लब म्यान थिए र उनीसँग हुनु पर्ने कुराहरूमा खडा भएनन। जाभी भने जोन लापोर्टासँग कुरा गर्दा साहसी र स्पष्ट बनेका छन् र अध्यक्षले उनका मागहरूमा सहमति जनाएका छन्।

उनि संग सफल नेतृत्वका लागि हुनुपर्ने सम्पूर्ण गुण रहेको छ र जुन अवस्थामा आएर जसरि बार्सिलोनाको भाग्य फेरे, उनि पक्कै भगवान स्वरूप भएर आए

 

Leave a Reply

Next Post

यु - १८ महिला साफ च्याम्पियनशिप: नेपाली टोलि अंकबिहिन

Wed Mar 23 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपको अन्तिम खेलमा पनि बंगलादेश विरुद्ध पराजित हुँदै नेपाली राष्ट्रिय महिला टोलि अंकबिहीन रहँदै घर फर्कने भएको छ। भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा बुधबार भएको खेलको चौथो मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन्। तर, त्यो अग्रतालाई […]
%d bloggers like this: