हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना क्लबका सदस्यहरुले रोनाल्ड कोइमनलाई ब्यबस्थापकिय जिम्मेवारीबाट हटाउने संकेत देखाएका छन्।
उक्त निर्णय संगै विकल्पको रुपमा ब्रेन्डन रोजर्सलाई बार्सिलोनाले सम्भावित म्यानेजरको रुपमा राडारमा राखेको अन्तरास्ट्रिय पत्रिका ९० मिनेटले जनाएको छ।
कोमनलाई क्लबको पदानुक्रमले गत हप्ता सिजनको खराब सुरुवात पछि बिश्वासको ‘भोट’ दिएको थियो जसमा उनलाई ग्रेनाडा, काडिज र लेभान्टे संग खेल्ने खेलबाट नौ अंकको आशा गरिएको थियो।
तर ९ अंकको लक्ष्य ग्रानडासंग बराबरी गरे संगै पहिले नै तालिका बाट बाहिर गएको छ।
क्लब प्रेसिडेन्ट जोन लापोर्टा समरमा कोम्यानलाई हटाउने बिचार गरेका थिए।
तर आफ्नो निर्णयबाट पछि हटेका अब उनी र क्लबका निर्देशकहरु सुरुवाती चार खेलबाट दुई जीत पछि परिवर्तन गर्ने सोचमा छन्।
पूर्व स्टार जाभी जो हाल कतारमा प्रशिक्षकका रुपमा काम गरिरहेका छन्, उनको नाम पहिले नै बार्सा संग जोडिसकेको छ। उनि संगै आन्द्रे पिरलो, जोचिम लो र एन्टोनियो कोंटे सबै उल्लेख गरीएका छन् जस्मा रोजर्स पनि समाबेश भएका हुन।
लीसेस्टर सिटीका म्यानेजरको नाम नोउ क्याम्पमा शक्ति सत्तामा आउनको लागि गत फेब्रुअरीबाटै जोडिएको थियो।
ब्रिटेनबाट यस अघि ८ म्यानेजर भित्र्याइसकेको क्यटालन टोलीलाई रोजर्स बारे सोच्न सोहि कारण पनि कुनै दुबिधा भएन।
फेब्रुअरी २०१९ मा लीसेस्टरमा पदभार ग्रहण गरे पछि, रोजर्सले फक्सलाई शीर्ष चार दावेदारमा परिणत गरेका छन्। अझ गत वर्ष एफए कप को उपाधि जित्न पनि सफल भएका थिए।
पेप गार्डियोलाले नयाँ अनुबंधमा हस्ताक्षर गर्नु भन्दा पहिले सम्भावित प्रतिस्थापनको रूपमा म्यानचेस्टर सिटीले रोजर्सलाई २०२० नोभेम्बरमा प्रिमियर लिगका हेरेको थियो। उनलाई यो समरमा टोटेनहमले पनि निशाना बनाएको थियो।
४८ वर्षीय रोजर्सले आफ्नो क्यारियरको सुरुमा स्पेनको भ्रमण र कोचिंग अध्ययन गर्न बिताए र २००४ मा जोसे मोरिन्होले सिफारिस गरेपछि चेल्सीको युवा एकेडेमीको प्रमुखको रूपमा जागिर पाए।
ब्रेन्दन रोजर्स सँग खेलाडीहरुको विकासको एक स्थापित ट्रयाक रेकर्ड छ र सोहि पोर्टफोलियो को बलियो आधार बार्सिलोनाको सिद्धान्त संग मिल्दो जुल्दो रहेको छ। खेलाडी विकासमा मुख्य ध्यान दिने गरेको बार्सिलोनालाई उनको गहिरो प्रभाब परेको बुझिन्छ। उनले कहिल्यै प्रीमियर लीग जितेका छैनन तर लिभरपुललाई २०१३/१४ मा प्रिमियर लिगको उपाधि चुम्नबाट केवल एक इन्चले पछि रहे। अन्तिम समयमा लिभरपुलले संयमता गुमाउन पुगेको थियो।
तर सेल्टिकमा उनको जादूमय कार्यकालमा जितेका ट्रफीहरुले उनको बायो डाटा भरिएको छ। संगै लिभरपुल जस्तो ठुलो क्लबमा रहेर फ्यानहरु संग जसरि नजिकिएका थिए, उनलाई सम्भवतः बार्सिलोनाको ठुलो फ्यानबेसलाई ध्यानमा राखेर काम गर्न त्यत्ति गारो भने हुने छैन।
रोजर्स को लागी एउटा चुनौती भनेको नयाँ सिजनको लीसेस्टर को उदासीन शुरुवात हुन सक्छ, तर उनी अझै पनी विश्व फुटबल मा एक सर्वश्रेष्ठ युवा म्यानेजरको रूपमा चिनिने गर्छन।