बार्सिलोनाको खराब फर्म जारी, १४औँ स्थानको काडीज संग बराबरीमा रोकियो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| घरेलु फुटबलमा टिमको प्रदर्शनलाई लिएर निकै आलोचना भोगिरहेको बार्सिलोनाको टोलिले आफ्नो खराब लयलाई निरन्तरता दिएको छ।

गए राति सम्पन्न ला लिगा अन्तर्गत आफ्नो पाँचौं खेलमा बार्सिलोनाले १४औँ स्थानमा रहेको कडिज बिरुद्ध गोल रहित बराबरी खेलेको छ।

कडिजको घरेलु मैदानमा  भएको उक्त खेलमा बार्सिलोना खेलको अन्त्य तिर १० खेलाडीमा सीमित हुन पुगेको थियो।

बार्सिलोनाका मिडफिल्डर फ्रंकी डी जोंगले खेलको ६५औँ मिनेटमा रातो कार्ड पाउदै मैदान छोडेका थिए।

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने मौका बुन्न सकेनन तर दोस्रो हाफमा भने दुवै टोलीको प्रदर्शन सुध्रिएको थियो।

बार्सिलोनाका मेम्फिस डिपेको दुइ राम्रा प्रयास कडिजका गोल किपरले विफल तुल्याईदिए भने कडिजका तर्फ बाट आएका केहि राम्रा शट बार्साका किपर टेर स्टिगनले आकर्षक बचाव गर्दै टोलीलाई हार बाट जोगाए।

बल पोसेसनमा हावी भएको बार्सिलोनाले कडिजको गोल पोस्टमा पाएका मौकालाई सहि सदुपयोग गर्न नसक्दा २ अंक गुमाउन पुगेको थियो।

तर ६५औ मिनेटमा डी जोंगले रातो कार्ड संगै १० खेलमा सीमित भएको बार्सिलोनाको टोलीले त्यसपछि केहि दबाब महसुस गरेको थियो. कडिजले बनाएका केहि राम्रा मुभहरुलाई स्टिगनले बिफल पारिदिए।

आक्रमणको हिसाबले बार्सिलोना विरुद्ध राम्रो खेल प्रदर्शन गरेपनि कडिजले घरेलु मैदानमा १० खेलमा सीमित बार्सिलोना विरुद्ध जित निकाल्न नसक्दा निराश भने पक्कै देखिएको थियो।

बार्सिलोनाको भने यो लगातार दोस्रो बराबरी खेल रहेको छ। यसअघि नोउ क्याम्पमा ग्रानडा बिरुद्ध १-१ को बराबरी खेलेको थियो।

लेभान्ते बिरुद्ध लिगको छैठो खेल बार्सिलोनाले आगामी आइतबार घरेलु मैदानमा खेल्दैछ।

पछिल्लो पाच खेलमा २ जित र ३ बराबरी खेलेको बार्सिलोनाको टोलि ९ अंक जोड्दै तालिकाको ७औ स्थानमा यथावत छ भने, कडिज केवल एक जित र २ बराबरी गर्दै ६ अंक बोकेर तालिकाको १४औ स्थानमा रहेको छ।

Leave a Reply

Next Post

एभरेस्ट प्रिमियर लिगको उद्घाटन खेलमा आज काठमाण्डौ किंग्स ११ र ललितपुर प्याट्रियट्स भिड्दै

Sat Sep 25 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालको घरेलु क्रिकेटको सबैभन्दा ठूलो टी ट्वान्टी प्रतियोगिता एभरेष्ट प्रिमियर लिग आज बाट सुरु हुँदैछ। करिब १५ दिन सम्म चल्ने यो प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएका छन्। उद्घाटन खेलमा साविकको विजेता चितवन टाइगर्सले काठमाडौं किंग्स ११ विरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपालकाे स्टार स्पिनर सन्दिप लामिछानेको कप्तानीमा रहेको […]
%d bloggers like this: