हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्ना प्रशिक्षक रोनाल्ड किम्यानलाई बर्खास्त गरेको छ।
गएराति सम्पन्न खेलमा रायो भालेकानोलाई विरुद्ध १-० को पराजय व्यहोरे संगै बार्सिलोनाले प्रशिक्षक लाई बर्खास्त गरेको हो।
अघिल्लो खेलमा घरेलु मैदानमा रियल म्याड्रिड विरुद्ध हार व्यहोरेपछि दबाबमा आएका प्रशिक्षक कीम्यानलाई रायो विरूद्धको खेल जित्नै पर्ने दबाब थियो।
गत सिजन अगस्ट बार्सिलोनाले आफ्ना नयाँ म्यानेजरको रुपमा प्रशिक्षक किम्यानलाई भीत्राएको थियो।
नकारात्मक खेल प्रदर्शन गरेपछि लगातार रुपमा आलोचित बन्न पुगेका प्रशिक्षक कीम्यानको नेतृत्वमा बार्सिलोनाले प्रगति गर्न सकेको थिएन।
बुधबार बेलुकी रायाे भालेकानो सँग भएको खेलमा अर्को पराजय बेहोरे सँगै बार्सिलोनाले प्रशिक्षकलाई बिदा गरेको हो। पराजयसँगै बार्सिलोना लिग तालिकामा नवौं स्थानमा पुगेको छ।
यस सिजन १० खेल खेलिसकेको बार्सिलोनाले ४ मा मात्र जित निकालेको छ भने तीन बराबर र ३ पराजय भोगेको छ।
प्रशिक्षक कीम्यानको नेतृत्वमा बार्सिलोनाले कुल ६७ खेल खेल्दा ३९ जित, १२ बराबरी र १६ हार बेहोरेको छ।
बार्सिलोनाले अबको नयाँ प्रशिक्षकको बारेमा भने बताइसकेको छैन यद्यपि आफ्ना पुराना खेलाडी तथा अल सादका म्यानेजर जाभी आउने खबर चुलिएको छ।