बार्सिलोनाद्वारा रियल पराजित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपमा जारी प्रि सिजन अन्तर्गत आज भएको खेलमा बार्सिलोना विजयी भएको छ।

लस भेगसमा भएको खेलमा बार्सिलोनाले आफ्नो चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई १-० ले पराजित गर्दै प्रि सिजनमा विजयी यात्रा कायमै राखेको छ। 

बार्सिलोनालाई जित दिलाउने क्रममा उसका नयाँ खेलाडी राफिन्हाले पहिलो हाफको २७ औ मिनेटमा शानदार गोल गरेका थिए।

रोमान्चक सँगै केहि तनावग्रस्त पनि देखिएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाका तर्फबाट उसलाई स्टार खेलाडी लेभान्डोस्कीले पनि डेब्यु गरेका थिए। 

रोबर्ट संगै चेल्सीबाट यसै सिजन भित्रिएका क्रिस्टीनसेनले पनि एल क्लासिकोमा आफ्नो पहिलो स्वाद चाखेका छन्।

रियल मड्रिडका लागि कीर्तिमानी सय मिलियनमा भित्रेका मिडफिल्डर चोउमानि संगै जर्मन डिफेन्डर एन्टोनियो रुडीगरले पनि डेब्यु गरेका थिए।

युरोपेली च्याम्पियन रियल मड्रिडले आउँदो अगस्ट ११ मा युरोपेली सुपर कपमा फ्रान्कफुर्ट विरुध प्रतिस्पर्धा गर्दै आफ्नो सिजनको सुरुवात गर्नेछ।

लालिगाको नयाँ सिजनमा बार्सिलोनाले १४ अगस्टमा रायो भालेकानो विरूद्ध प्रतिस्पर्धा गर्दै आफ्नो नयाँ सिजनको सुरुवात गर्नेछ।

 

 

Leave a Reply

Next Post

डिबालाले तोडे क्रिस्टियानो रोनाल्डोको रेकर्ड

Sun Jul 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युभेन्टसबाट फ्री एजेन्ट हुँदै ए.एस रोमा भित्रिएका अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले नयाँ समर्थकहरुको अपार  साथ पाएका छन्। रोमामा माउरिन्हो युगको अहिले सम्मकै राम्रा खेलाडीका रुपमा भित्रिएका पाउलोले जर्सी विक्रीमा क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन्। इटालियन क्लब रोमालाई गत सिजन युरोपा कनफरेन्स लिग जिताएका माउरिन्हो, आफ्नो दोस्रो सिजनमा […]
%d bloggers like this: