बार्सिलोनामा पेड्री र जाभीको जादु, भाग्य फेर्दै क्याटलन टोलि

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्यटलन महारथी बार्सिलोनाले लिगमा पराजय नदेखेको झन्डै दुई महिना भन्दा बढी समय भइसकेको छ।

सिजनको सुरुवातमा आएका नकरात्मक टिप्पणीले कतै जाभीको बार्सिलोना पनि फेल खाने त हैन? भन्ने शंका उपशंकालाई पाखा लगाउदै द्रूतरुपमा अघि बढेको बार्सिलोना रोकिने स्थितिमा देखिंदैन।

टोलीमा आत्मविश्वास बढेको देखिन्छ। बार्सिलोनाको मुख्य मूटू रहेको फुटबल संस्कारको पछि लाग्दै, टोलीले पुनरागमनको सहि बाटो पछ्याएको अहिले जो कोहिले पनि देख्न सक्छन।

हरेक खेलमा हावी हुन नसकेपनि टोलीमा हार नमान्ने मनोवृति बिकास भएको छ। यसको श्रेय जाभिलाई नै दिनुपर्छ, जसले बार्सिलोनाका हरेक युवा खेलाडी माथि बिश्वास देखाएका छन्।

आइतबार बेलुकी भ्यालेन्सियालाई ४-१ ले पराजित गर्दा आर्सनलबाट भर्खरै भित्रिएका औबामियांगको तवरनै भिन्न थियो। रेफ्रीको निर्णयले उनलाई बार्सा करियरको पहिलो ह्याट्रिक पनि प्रदान गरियो।

जित पछि बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्सले उनको विचार राखेका थिए:

“औबामेयाङ आएदेखि कडा मेहनत गरिरहेका छन। हामीलाई थाहा छ उसले यो सिजन धेरै मिनेट खेलेको छैन।

“उनी एक शानदार खेलाडी हुन् र उहाँलाई टोलीमा राख्नु, यहाँ फ्री ट्रान्सफरमा आउनु, हाम्रो लागि साँच्चै सकारात्मक छ।”

उनि संगै आएका अर्का खेलाडी फेरान टोरेसले पनि टोलीमा आफ्नो प्रभाब जमाउन थालिसकेका छन्। युवा र अनुभवी खेलाडीको मिश्रण राम्रो देखिएको छ।

जाभीको जादु त छदैछ, संगै टोलीमा हाल इन्जिनका रुपमा युवा खेलाडी पेड्री रहेका छन्। उनको फ्यान भएका छन् प्रशीक्षक जाभी।

जाभीले त्यसपछि पेड्रिको प्रदर्शनका बारेमा आफ्नो धारणा राखेका थिए:

“उसले हामीलाई विश्राम दिन्छ, उसले बल गुमाउँदैन, ऊ दुबै खुट्टामा उत्तिकै प्रभावशाली छ.. ऊ उत्कृष्ट छ,”

“मात्र १९ वर्षको खेलाडीले खेलमा गति प्रदान गर्नु, खेलमा नियन्त्रण राख्नु कुनै पनि शिर्ष खेलाडीको लक्षण हो”

“उनी शानदार छन्, र संसारमा उहाँ भन्दा ठूलो सम्भावना कोही छैन। हामीले उसलाई संरक्षण गर्नुपर्छ।

“उसले खेलमा, क्षेत्रमा फरक पार्छ… उसले बल होल्ड गर्छ। उसलाई पाउनु अद्भुत हो, केवल आधा घण्टाको लागि मैदानमा आएपनि उ उत्कृष्ट छ।”

“उ अरु जस्तो सामान्य खेलाडी होइन। उ जस्ता अरू थोरै छन्।” जाभिले राम्रै प्रशंसा गर्न भ्याए।

सिजन अब मुख्य बिन्दुमा लगभग पुगेको छ। हरेक टोलि शारीरिक र मानसिक रुपमा यस बखत उच्च लयमा छन्। त्यसमा पनि झन राम्रो लयमा बार्सिलोना देखिएको छ।

 

Leave a Reply

Next Post

सातदोबाटो विरुद्ध हार बेहोर्दै ब्रिगेड बोइज 'बि' डिभिजनमा घटुवा

Mon Feb 21 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सातदोबाटो युथ क्लब संग ३–२ को हार बेहोर्दै ब्रिगेड बोइज सहिद स्मारक ए डिभिजन लिगबाट घटुवा भएको छ। च्यासल युथ क्लब संगै अब ब्रिगेडले अर्को सिजन बि डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने छ। रोमान्चक खेलमा पहिलो हाफको १३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता […]
%d bloggers like this: