हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विगत चार महिनादेखि हार नबेहोरेको बार्सिलोना हाल लिगमा दोस्रो स्थानमा उक्लन सफल भएको छ।
लेभान्ते विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै दोस्रो स्थान कब्जा गरेको क्याटलन टोलि, सबै दृष्टिकोणमा फेरिएको देखिन्छ।
टोलीमा एकाएक आएको परिवर्तनमा प्रशिक्षक जाभी सँगै युवा खेलाडीहरूको ठूलो देन रहेको छ।
जसमा फ्रेन्च विंगर डेम्बेले नआउने कुरै भएन। अस्ताईसकेका उस्मानले जाभीको कार्यकालमा नयाँ जीवनदान पाएका छन्।
तर उस्मान डेमबेलेको आक्रमक फर्मले निरन्तरता पाइरहँदा ऊसँगको नयाँ सम्झौताको अन्योल उत्तिकै रहेको छ।
उस्मान डेम्बेले बार्सिलोनासँगै रहनु पर्छ भनेर उनकै साथि पियरे-इमरिक औबामेयाङले यस अघि भनिसकेका छन्।
उनले फ्रान्सेली खेलाडीको प्रभावको बारेमा बोलेका थिए।
ब्लाउग्रानाले आइतवार ला लिगामा लेभान्टे विरुद्धको जित मनाइरहदा टोलीलाई अर्को शानदार प्रस्तुति दिएका थिए उनले।
यसले डेम्बेलेको लागि अर्को प्रभावशाली मोडलाई चिन्ह लगाएको छ, जो जनवरीमा क्याम्प नोउ बहिष्कृत बन्न तयार देखिएका थिए।
तर बार्सिलोनाको लागि हटकेक बनेका औबामेयाङ भन्छन् उनले नयाँ क्लबमा सर्नुको सट्टा यस वर्ष नवीकरण गर्नुपर्छ।
हुन पनि हो बार्सिलोनालाई उस्मानकै स्तरका खेलाडी अब भित्राउनु पर्यो भने उसले चाहेर पनि सक्दैन।
बार्सिलोनाको अर्थ यति कमजोर भइसकेको छ कि बजारमा रहेका राम्रा ठूला खेलाडीहरुलाई आउछु भन्दापनि भित्रमा सक्ने अवस्था छैन।
बार्सिलोना छोड्न राजी भैसकेका खेलाडीले एकाएक परिवर्तन देखाउँदै टोलीमा पर्नु र एकपछि अर्को लगातार शानदार प्रदर्शन देखाउनु, कुरा निकै कठिन छ।
उनकै प्रेरणाका स्रोत बनेका छन् बार्सिलोनाका प्रशिक्षक जाभी। उनलेनै डेम्बेलेलाई क्लबमा उनको भूमिकाबारे अवगत गराएका थिए र उनी कति महत्वपूर्ण छन् भन्ने कुरा बारम्बार देखाइरहेका छन्।
यस्तोमा डेम्बलेले क्याटलन छोडेर अन्यत्र सर्नु भनेको बार्सिलोनालाई ठुलो घाटा हुनेछ त्यो पनि अहिलेको आक्रमक फर्ममा।
बार्सिलोनालाई आउँदो वर्ष सफलता चाहिने हो भने सम्झौता आवश्यक छ। डेम्बेले नोउ क्याम्पमै बस्नुपर्छ।